समाचार

त्रिविले स्नातकोत्तर टपरलाई दिने तीन तोला सुनसहितको ‘कुलपति पदक’ हटाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ‘कुलपति पदक’ अबदेखि नदिने भएको छ । त्रिविले स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई प्रदान गर्दै आएको सो पदक नदिने भएको हो । विश्वविद्यालयमा मूल्यांकनको आधार ग्रेडिङ प्रणालीअनुसार हुने भएकाले सबै संकायमध्ये उत्कृष्ट विद्यार्थीलाई दिइने मेडल कटौती गर्न लागिएको परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्प जोशीले जानकारी दिए । ‘सबै संकायमध्येबाट स्नातकोत्तर तहमा उत्कृष्ट हुनेलाई दिइने पदक हटाउँछौँ,’ उनले भने, ‘ग्रेडिङ प्रणालीका कारण यो हटाउनुपरेको हो, …

पुरा पढ्नुहॊस »

हमासले छाड्यो ६९ बन्दी, विपिनको अवस्था अझै अज्ञात

काठमाडौँ । हमासले बन्धक बनाएका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे सरकार स्पष्ट नरहेको देखिएको छ । हमासले इजरेली र विदेशी गरी झन्डै ६ दर्जन बन्धक मुक्त गरिसक्दा पनि विपिनको अवस्थाबारे स्पष्ट जानकारी प्राप्त हुन नसकेको हो । जोशी हमासको नियन्त्रणमा भएको ठानिएको छ । केही साताअघि इजरेली सेनाले हमासको नियन्त्रणमा एक नेपाली बन्धक पनि भएको प्रमाण फेला परेको जनाएको थियो । उनलाई छुटाउन आवश्यक सबै किसिमको पहल जारी राखिएको …

पुरा पढ्नुहॊस »

उर्लाबारी आगलागी : घाइते रामनरेश बिते, मृतक संख्या पाँच पुग्यो

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका-७ मा आगलागीमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । उर्लाबारी नगरपालिका-७ आगलागीमा परी घाइते भएका ४३ वर्षीय रामनरेश मारिताको सोमबार राति उपचारको क्रममा मृत्यु भएको हो । कात्तिक २६ गते लक्ष्मीपूजाको राति आगो नियन्त्रण गर्ने क्रममा २८ जना घाइते भएका थिए । धनुषा जनकनन्दी गाउँपालिका-७ निवासी तथा हाल उर्लाबारी-७ निवासी मरिताको राति करिब ११ः३० बजे मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहाले जानकारी …

पुरा पढ्नुहॊस »

राजा ल्याउन खोज्ने चेष्टा नगरे हुन्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले राजा ल्याउन खोज्ने चेष्टा नगर्न चेतावनी दिएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले राष्ट्रपतिलाई दोष दिएर राजा ल्याउन खोज्ने चेष्टा नगर्न चेतावनी दिएका हुन् । सरकारले गलत काम गरे सरकारका विरुद्ध उभिनुपर्नेमा व्यवस्थाको विरुद्ध उभिने काम भएको उनले बताए । ‘सरकारले गलत काम गरेको छ भने सरकारका विरुद्धमा उभिनुपर्‍यो, तर व्यवस्थाको विरोध गर्दै राजसंस्था नारा लगाउनु वाहियात हो,’ अध्यक्ष …

पुरा पढ्नुहॊस »

ग्राहकसँग शारीरिक सम्पर्क राख्न दबाब दिने ‘स्पा’ सञ्चालक पक्राउ, दुई नाबालिगसहित युवतीको उद्धार

काठमाडौँ । रोजगारीको नाममा काठमाडौँमै बालिका तथा युवतीहरु बेचविखन भएको घटना बाहिर आएको छ । काठमाडौँ महानगरपालका-९ रातोपुलस्थित ‘नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टर’ मा काम गर्ने युवतीलाई रोजगारीको नाममा जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्ने गरेको पाइएको हो । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले नाबालिकासहित तीन जना युवतीलाई उद्धार गरेको छ । उक्त स्पाका सञ्चालक दिनेश पौडेललाई पक्राउ गरी अनुसन्धान थालेको ब्यूरोले सार्वजनिक गरेको हो । उनीमाथि …

पुरा पढ्नुहॊस »

धावनमार्गमा स्याल देखिएपछि चन्द्रगढीमा बुद्ध एयरको जहाजले गर्‍यो ‘ओभरसुट’

काठमाडौँ । बुद्ध एयरको जहाजले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा ‘ओभरसुट’ गरेको छ । काठमाडौँबाट यात्रु बोकेर उडेको जहाजले सोमबार साँझ करिब ७ बजे चन्द्रगढी विमानस्थलमा अवतरणका क्रममा ओभरसुट गरेको हो । बुद्ध एयरको जहाज धावनमार्गमा अवतरणको अन्तिम चरणमा स्याल देखिएपछि जहाजले ओभरसुट गरेको विमानस्थलका सूचना अधिकारी किशोरकुमार खत्रीले जानकारी दिए । ‘काठमाडौँबाट आएको जहाज अवतरण गर्ने ‘फाइनल प्वाइन्ट’ मा आइसकेपछि धावनमार्गमा स्याल देखियो । हामीले सामान्यतया धावनमार्गमा स्याल, कुकर वा …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज आफन्तसँग सहकार्यको अवसर मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । एउटै कामबाट दोहोरो लाभ पनि मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

ट्याङ्करले ठक्कर दिंदा १७ वर्षीया किशोरीको घटनास्थलमै मृत्यु, आफन्तद्वारा सडक अवरुद्ध

नेपालगञ्ज । दुर्घटना गराउने चालकलाई कारबाही र उचित क्षतिपूर्ति माग गर्दै नेपालगञ्जको धम्बोझी चोकमा मृतकका परिवार तथा आफन्तले सडक अवरुद्ध गरेका छन् । ट्यांकरले ठक्कर दिँदा आइतबार बेलुकी १७ वर्षीया किशोरी शालिनी पाठकको घटनास्थलमै मृत्यु भएको थियो । धम्बोझी चोकमा बेलुकी ६ बजेतिर नेपालगञ्ज उपमहानगरपालिका–१७ का दिलिपकुमार पाठकले चलाएको भे ११ प ७६५७ नम्बरको मोटरसाइकललाई ना ३ ख ८८५२ नम्बरको ट्याङ्करले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार किशोरीको घटनास्थलमै …

पुरा पढ्नुहॊस »

अनलाईनमार्फत ठगी गरेको आरोपमा एक युवती पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका घर भएर ललितपुर बस्ने सुजता चौधरी छिन् । २७ वर्षीय चौधरीलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय जनाएको छ । विदेशी नागरिकको नाममा फेसबुक आइडी बनाएर सुजताले आईफोन, घडी र सुनका गहना जस्ता उपहार पठाएको छु भन्दै उनले ठगी गर्ने गरेको प्रहरीले बताएको छ। कुरियरमार्फत सामान …

पुरा पढ्नुहॊस »

एमालेद्वारा पार्टी सचिव योगेश भट्टराईमाथि कथित पहिचानवादीले गरेको आक्रमणको भर्त्सना

मोरङ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई सवार सवारीसाधनमाथि आइतबार ताप्लेजुङमा ढुंगामुढा तथा अन्य नेताहरुमाथि गरिएको आक्रमणप्रति नेकपा (एमाले) कोशी प्रदेश कमिटीले भर्त्सना गरेको छ । नेकपा (एमाले) ताप्लेजुङ्ग जिल्ला कमिटीले आइतबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रम सकेर फर्कने क्रममा नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव भट्टराई सवार सवारीसाधनमा फुङलिङस्थित वीरेन्द्र चौक र तोक्मेडाँडामा लुकिछिपी ढुंगामुढा गरेको र पार्टीका अन्य नेता कार्यकर्तामाथी समेत …

पुरा पढ्नुहॊस »