काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)का निर्देशक र सार्क क्षयरोग केन्द्र निर्देशक हेरफेर गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकको जिम्मेवारी डा.युवानिधि बसौलालाई दिइएको छ भने उक्त अस्पतालका निर्देशक डा मनिषा रावललाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरिएको हो । सार्क क्षयरोग केन्द्रका डा. रोशन न्यौपानेलाई वीर अस्पतालमा तानिएको छ ।
पुरा पढ्नुहॊस »निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने
काठमाडौं । एसियाका निर्वाचन व्यवस्थापनसम्बन्धी निकाय र संस्थाका उच्चस्तरीय प्रतिनिधिको सहभागितामा यही मङ्सिर २० र २१ गते काठमाडौँमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । निर्वाचन आयोग नेपाल र ‘एसियन नेटवर्क फर फ्रि इलेक्सन’ को आयोजनामा हुने उक्त छैटौँ संस्करणको ‘एसियन इलोक्ट्रोल स्टेकहोल्डर फोरम’ को उद्घाटन उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र समापन परराष्ट्रमन्त्री एनपी साउदबाट हुने तय भएको आयोगले जनाएको छ । सम्मेलनमा एसिया तथा प्रशान्त क्षेत्रका ४० …
पुरा पढ्नुहॊस »नातिको लाठी प्रहारबाट हजुरबुबाको मृत्यु
वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा नातिले लाठी प्रहार गर्दा हजुरबुबाको मृत्यु भएको छ । छोरीका छोरा (नाति) ३६ वर्षीय कृष्णबहादुर खड्काले कोदो चुट्ने लाठी ८२ वर्षीय हजुरबुबा लक्ष्मण लामामाथि प्रहार गर्दा उनको मृत्यु भएको हो । छिमेकीको घरमा नाति कृष्णबहादुरले कोदो चुटिरहेका बेला हजुरबुबा लक्ष्मण पनि त्यहाँ पुगेका थिए । उनले नातिलाई ‘तिमी छाडिदेऊ म चुट्छु’ भन्दा आवेगमा आएका कृष्णबहादुरले हजुरबुबा लक्ष्मणमाथि लाठी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता …
पुरा पढ्नुहॊस »भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा लाग्न उपप्रधानमन्त्री खड्काको निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवालालाई निकायलाई निर्देशन दिएका छन्। अस्थायी आवास निर्माणका लागि सरकारले दिने पहिलो किस्तावापतको रकम प्रभावित नागरिकको हातसम्म पुगिसकेको बताउँदै उपप्रधानमन्त्री खड्काले भूकम्पका कारण भत्किएका संरचना पन्छाउने र तत्कालै अस्थायी आवास निर्माण अहिलेको आवश्यकता रहेकाले सोहीअनुसार काममा खटिन निर्देशन दिए। सोमबार सुर्खेतमा कर्णाली प्रदेश सरकारका मन्त्री र सुरक्षा अंगका प्रदेश प्रमुखसँगको छलफलमा उपप्रधानमन्त्री खड्काले भूकम्पपछिको पुननिर्माणपछिको …
पुरा पढ्नुहॊस »कोरियन भाषा परीक्षामा सहभागी ३२ हजारमध्ये चार हजार उत्तीर्ण
काठमाडौं । वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक श्रमिकले दिएको भाषा परीक्षामा ४ हजार ९८ परीक्षार्थी उत्तीर्ण भएका छन् । ३५ हजार ४७८ मध्ये ३२ हजार ५०७ परीक्षार्थी परीक्षामा सहभागी भएकोमा ४ हजार ९८ जना पास भएका ईपीएस कोरिया शाखाले जनाएको छ । सोमबार सूचना प्रकाशित गरी ईपीएस कोरिया शाखाले असोज १ गतेदेखि मंसिर ७ गतेसम्म सम्पन्न भएको सिपबुइल्डिङ क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षाको नतिजा आज (मंसिर ११ गते) …
पुरा पढ्नुहॊस »कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कसैले चाहदैमा राजतन्त्र नआउने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलालाई आज सम्बोधन गर्दै सभापति देउवाले कसैले भन्दैमा राजतन्त्र नआउने बताए । सभापति देवउवाले संविधानसभाले राजा हटाउने निर्णय गरिसकेकाले राजतन्त्र अब नफर्किने स्पष्ट पार्दै भने, ‘पूर्वराजा फर्कने कुरा छैन, संविधानसभाले राजा हटाउने निर्णय गरिसकेको छ, कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन ।’ सभापति देउवाले अन्य …
पुरा पढ्नुहॊस »मन्त्री बस्नेतले लिए कोरोनाबाट मृत्यु भएकी चालिसेका छोराको पढाइको जिम्मा
काठमाडौँ । कोरोना सङ्क्रमणबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले लिएका छन् । चालिसे कोरोना महामारीबाट मृत्यु हुने पहिलो नेपाली थिइन् । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ राम्चेकी चालिसेको सुत्केरी भए लगत्तै कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । वि.सं २०७७ जेठमा चालिसेको मृत्यु हुँदा छोरा सफल नौ दिनका थिए । सफलको पढाइको जिम्मा लिएसँगै मन्त्री बस्नेतले उनलाई आज टोखा नगरपालिका–९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना …
पुरा पढ्नुहॊस »भूकम्प प्रभावित क्षेत्रमा अभिभावकीय भूमिका निभाउँदै सांसद राजीवविक्रम शाह
जाजरकोट । जाजरकोट जिल्ला प्रदेश सभाका सांसद राजीवविक्रम शाह जाजरकोट भूकम्प गएदेखि नै भूकम्प पीडितहरूको घाउमा मलहमपट्टि लगाउन निरन्तर जाजरकोटका विभिन्न गाउँबस्तीमा पुग्दै एक अभिभावकको भूमिका निभाउँदै आएका छन् । निरन्तर उनी जिल्लावासीका आवश्यकता पुरा गर्न यतिबेला गोर्खाकोट जुनिचादे गाउँपालिका वडा नम्बर-६ बुढिडाडा तर्फ लागेका छन् । यहाँ गाडीको सुविधा छैन । एक दिनसम्म हिँडेर जानु पर्ने भएका कारणले पनि आजसम्म कुनपनि सरकारी निकास तथा दाताहरू यहाँ आइपुगेका छैनन् । …
पुरा पढ्नुहॊस »गौशाला अशान्त, आचार्य श्रीनिवाससहित १० जना पक्राउ
काठमाडौँ । गौशालामा दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’मा सहभागी प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको हो । प्रदर्शनस्थलबाट आफूलाई युवासन्त र ‘धर्मगुरु’ बताउने आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ । श्रीनिवास सहित १० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । श्रीनिवास त्रिशुल लिएर सड्कमा निस्केको र अराजक अभिव्यक्ति दिएको आरोप छ । …
पुरा पढ्नुहॊस »कोमल वलीको परिवारले गर्यो स्वर्गीय दीपाका नाममा २० लाखको अक्षयकोष
काठमाडौं । गायिका तथा एमाले नेतृ कोमल वलीको परिवारले स्वर्गीय आमा दीपा वलीको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । आमाको सम्झनामा दाङका छात्राहरुलाई अध्ययनका लागि सहज होस् भन्ने हेतुले यो अक्षयकोषको स्थापना गरिएको कोमल वलीले बताइन् । अक्षय कोषबाट दाङ जिल्लाका थारु समुदाय र दलित समुदायका छात्राहरुलाई पढ्न छात्रवृत्ति प्रदान गरिने कोमल वलीले बताइन् । ‘एक जना थारु समुदाय र एक जना दलित समुदायबाट गरेर कक्षा ८ …
पुरा पढ्नुहॊस »