काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सफा रहने छ । यस्तै, राती देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको …
पुरा पढ्नुहॊस »राष्ट्रपति पौडेल र विश्व बैंकका निर्देशक जर्भोसबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र विश्व बैंकका देशीय निर्देशक फेरीस हदाद जर्भोसबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा राष्ट्रपति पौडेलले चार दशकदेखि विकास साझेदार रहेको विश्व बैंकले नेपालको आर्थिक विकास र गरिबी न्यूनीकरणमा पु-याएको सहयोगको सराहना गरे । उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको नकारात्मक असर न्यूनीकरणमा बैंकले सहयोग गर्ने अपेक्षा समेत राखेका थिए । जलवायु परिवर्तनका कारण हिमालयमा परेको असर नेपालको मात्र नभएर …
पुरा पढ्नुहॊस »अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय पक्राउ
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५० वर्षीय जितेन्द्र मुलचन्द वावा छन् । एयर अरेबियाको उडानद्वारा सारजाहबाट काठमाडौं आएका उनको साथबाट १८० ग्राम अवैध सुन बरामद भएको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए । उनका अनुसार उनले सर्ट तथा पाइन्टका बटम बनाएर सुन ल्याएको खुलेको छ । पक्राउ परेका जितेन्द्रमाथि थप अनुसन्धान भइरहेको छ ।
पुरा पढ्नुहॊस »नैना दोहोरी साँझमा आगलागी हुँदा ६० लाखको क्षति
कास्की । पोखरा महानगरपालिका–८ सृजनाचोकस्थित नैना दोहोरी साँझमा आगलागी करिब ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । विष्णु आचार्यको उक्त दोहोरी साँझमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी भएको हो । आगलागीबाट एसी ५ थान, मोबाइल १० थान, फ्रिज १ थान, सिसिटिभी क्यामेरा ५ थान, कम्प्युटर १ थान, साउन्ड सिस्टम १ सेट, टिभी १ थान, सोफा १५ सेट, विभिन्न ब्रान्डको मदिरा, ग्याँस गिजर १ थान, पंखा ४ …
पुरा पढ्नुहॊस »घरको ढोका फोडेर ८ लाख ९९ हजार रूपैयाँ बराबरको धनमाल चोरी
काठमाडौँ । काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर ठुलो खरिबोट नजिक निराजन बिक्रम मार्ग बस्ने निर्मला नेपालको घरमा चोरी भएको छ । उनको घरबाट सुन र चाँदीका गरगहना, नगद र मोबाइल समेत गरी करिब ८ लाख ९९ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिले ढोका फोडी दराजमा रहेको उक्त रूपैयाँ बराबरको धनमाल चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले चोरीमा …
पुरा पढ्नुहॊस »तरुण दलले भूकम्पप्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्ने
काठमाडाैं । नेपाल तरुण दलले आगामी पुस १ गतेदेखि जाजरकोट र रुकुम पश्चिममा अस्थायी आवास निर्माणको अभियान सञ्चालन गर्ने भएको छ । तरुण दलले आज भक्तपुरमा आयोजना गरेको शपथ ग्रहणपछिको पहिलो केन्द्रीय कमिटीको बैठकपछि आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएको हो । पत्रकार सम्मेलनमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले आगामी पुस १ गतेदेखि जाजरकोट र रुकुम पश्चिमलगायत भूकम्पले क्षति पुर्याएका जिल्लामा अस्थायी आवास निर्माण अभियान सुरु गर्ने बताए …
पुरा पढ्नुहॊस »बाराको सिम्रौनगढमा प्रहरीको गोली लागेका एक जनाको मृत्यु
काठमाडौं । बारामा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो सिम्रौनगढ नगरपालिका परिसरमा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर घाइते भएका सिम्रौनगढ नगरपालिका–१ नमसंग्राढाटका २५ वर्षीय लक्ष्मी मुखियाको नारायणी अस्पताल बीरगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। आन्दोलनकारीको ढुङ्गा प्रहारबाट १० प्रहरी घाइते भएको बारा प्रहरीले जनाएको छ।
पुरा पढ्नुहॊस »काठमाडौँमा ठेला चलाउन प्रतिबन्ध, २६४ वटा बस बिसौनी बनाइने
काठमाडौं – काठमाडौँ महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने योजना बनाएको छ । यातायात प्रणालीमा सुधारका लागि महानगरले बसको रुट मिलाउने लागेको हो । महानगरले पेलिकन क्रसिङ लाइट बिस्तार गर्दै जाने, एकतर्फी सडक व्यवस्थापन, मोटरसाइकल ग्यारेजका लागि मापदण्ड निर्माण, सडकमा कोन र डिभाइडरको व्यवस्थापन, पेट्रोल पम्प व्यवस्थापन, सडक संकेत र चिन्ह व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारी गरेको छ । दैनिक उपभोग्य वस्तुको ढुवानी, मालवाहक सवारी, विद्यालयका बसहरूको समय निर्धारण …
पुरा पढ्नुहॊस »मापदण्ड बनाएरै राष्ट्रियसभा उम्मेदवार खडा गर्छौ, सभापतिलाई आफ्नो समूह मात्रै हेर्न दिन्नौं : गगन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्न मापदण्ड आवश्यक रहेको बताएका छन् । संस्थापन इतरको बैठकमा सहभागी भएका उनले राष्ट्रिय सभा निर्वाचनमा पार्टीले मापदण्ड बनाएर मात्रै उम्मेदवार खडा गर्ने दावी गरे । यसअघिका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा पार्टीले कुनै मापदण्ड नबनाएको र पार्टीभित्रै नेताहरूलाई न्यायपूर्ण व्यवहार नगरेको भन्दै महामन्त्रीले थापाले राष्ट्रियसभा निर्वाचनमा त्यस्तो हुन नदिने प्रष्ट पारे । पार्टी सभापति शेरबहादुर …
पुरा पढ्नुहॊस »काठमाडौंमा धूम्रपान गरे १०० रुपैयाँ जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र भोलिदेखि सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइने भएको छ । बिहीबारदेखि लागु हुने गरी सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा निधेष गरिने महानगरले जनाएको छ । महानगरका अनुसार कच्चा सुर्ती, खैनी, गुट्खासहित सुर्तीजन्य पदार्थ बिक्री र सेवनमा प्रतिबन्ध लगाइएको हो । महानगरले सबै पसलमा अनुगमन हुने र सुर्तीजन्य पदार्थ पाइएमा दुईपटकसम्म जफत गरिने र तेस्रोपटक पाइए पसल बन्द गरिने चेतावनी दिएको छ । महानगरले …
पुरा पढ्नुहॊस »