मापदण्ड बनाएरै राष्ट्रियसभा उम्मेदवार खडा गर्छौ, सभापतिलाई आफ्नो समूह मात्रै हेर्न दिन्नौं : गगन

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्न मापदण्ड आवश्यक रहेको बताएका छन् । संस्थापन इतरको बैठकमा सहभागी भएका उनले राष्ट्रिय सभा निर्वाचनमा पार्टीले मापदण्ड बनाएर मात्रै उम्मेदवार खडा गर्ने दावी गरे ।

यसअघिका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा पार्टीले कुनै मापदण्ड नबनाएको र पार्टीभित्रै नेताहरूलाई न्यायपूर्ण व्यवहार नगरेको भन्दै महामन्त्रीले थापाले राष्ट्रियसभा निर्वाचनमा त्यस्तो हुन नदिने प्रष्ट पारे । पार्टी सभापति शेरबहादुर देउवालाई दबाब सिर्जना गरेर सिंगो कांग्रेसको सभापति बन्न आग्रह गरिने उनको भनाइ छ ।

‘यसअघि सम्पन्न तीन चुनावमा कुनै मापदण्ड बनाइएन । पार्टीमा धेरै विभेद् भयो । न्याय गर्नुपर्नेमा सभापतिले आफैं विभेद् गर्नुभयो । आफ्नो समूहलाई मात्रै हेर्नुभयो । राष्ट्रिय सभा निर्वाचनमा हामी त्यस्तो हुन दिन्नौं । सिंगो कांग्रेसको सभापति बन्न दबाब दिन्छौं,’ उनले भने । सभापति देउवाले यो वा त्यो समूह भन्न नमिल्ने उनले बताए ।

शेखर कोइराला समूह सम्मिलित बैठकमा तीन विषयमा बढी छलफल भएको महामन्त्री थापाले बताए । राष्ट्रिय सभा निर्वाचनमा मापदण्ड तयार गर्ने, नेता कार्यकर्तालाई समानरूपले न्यायपूर्ण व्यवहार गरिने र सुशासनका सबालमा छलफल भएको उनको भनाइ छ । पार्टीभित्र निर्वाचनमा पराजित भएका सामानुपतिक सूचीमा रहेकालाई राष्ट्रिय सभामा उम्मेदवार बन्न नदिन चौतर्फी दबाब सिर्जना भएको छ । उनले पार्टीभित्रका नेताहरूबीच सम्बादन नहुँदा धेरैखाले असमझदारी बढेको प्रष्ट पारेका थिए । महामन्त्री थापाले कांग्रेस आफैं सरकारमा रहे पनि एकपछि अर्का काण्ड आइरहेको बताए । ‘यो विभिन्न काण्डमा कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ । सरकारलाई दबाब सिर्जना गर्नुपर्छ,’ उनले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेको तेस्रो दिनको बयान सुरु

काठमाडाैं । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) …

प्रतिकृया दिनुहॊस