समाचार

डा. गोविन्द केसीद्वारा तीन दिने सत्याग्रह घोषणा

काठमाडौं । डा. गोविन्द केसीले आजदेखि तीन दिने सत्याग्रह शुरु गर्ने घोषणा गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले तीन सत्याग्रको घोषणा गरे । उनले सरकारले गरेका सहमति कार्यान्वयन नगरेको भन्दै उनले शुक्रवार साँझ ५ बजेबाट सत्याग्रह शुरु गर्ने बताए । उनले विगत लामो समयदेखि मुद्दाहरु उठाएर सत्याग्रह बसेपनि सरकारले माग पूरा नगरेको उनको आरोप छ । उनले भने– ‘यो अवस्थामा अन्यायमा पर्ने नागरिकहरुका लागि बोल्नु र दण्डहीनता …

पुरा पढ्नुहॊस »

बालेनको कामबाट संघीय सरकारलाई उत्प्रेरणा मिल्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिकाले गरेको कामबाट संघीय सरकारलाई सकारात्मक उत्प्रेरणा प्राप्त गरेको बताएका छन् । शुक्रबार महानगरको २९ औँ महानगर दिवस कार्यक्रममा उनले महानगर प्रमुख बालेन शाहको कामको प्रशंसा गर्दै यस्तो बताएका हुन् । उनले पछिल्लो समय महानगरपालिकाले उदाहरणीय काम गर्दै आएको बताए । ‘पछिल्लो समय महानगरले गरेका प्रशंसनीय काम गम्भीर रुपमा नियालिरहेको छु, शिक्षाको विकास, संरचना निर्माण,कला, संस्कृतिको काम, सुर्तीजन्य पदार्थको नियमन,छात्रवृत्तिको पहल गरेको छ,’ …

पुरा पढ्नुहॊस »

पत्रकार महेन्द्र पाण्डेको निधन

काठमाडौँ । गुल्मीको रेसुंगा घर भएका ५३ वर्षीय पत्रकार महेन्द्रप्रसाद पाण्डेको निधन भएको छ । बिहीबार एक विवाह समारोहमा सहभागी भइरहेका बेला उनलाई असहज भएको थियो । विवाह समारोहमै वान्ता भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । पाण्डेको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । पोस्टमार्टमपछि मृत्युको कारण पत्ता लाग्ने चिकित्सकले बताएका छन् । पाण्डे ‘रिपोर्ट नेपाल’ अनलाइनका सम्पादक एवम् गुल्मी …

पुरा पढ्नुहॊस »

बाँकेमा जीपको ठक्करबाट जवानको मृत्यु, सहायक हवल्दार गम्भीर

काठमाडाैँ । बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे १ च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा डिउटीमा तैनाथ प्रहरी जवान २९ वर्षीय विशाल वलीको ज्यान गएको हो । जीपको ठक्करबाट प्रहरी सहायक हवल्दार ३२ वर्षीय लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते भएका छन् । कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको बाँकेका प्रहरी प्रवक्ता नारायाण डाँगीले जानकारी दिए …

पुरा पढ्नुहॊस »

बालकृष्ण खाँणलाई सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार लगिँदै

काठमाडौँ । उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई सम्पत्ति शुद्धीकरण विभाग लगिने भएको छ । केन्द्रीय कारागार सुन्धाराले आज सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाउन लागेको हो । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका सबै प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा पनि मुद्दा चलिरहेको छ । यसअघि मंसिर १५ गते उच्च अदालत पाटनले रिहा गर्न आदेश दिएका र त्यसअघि जिल्ला अदालत काठमाडौँले रिहा गर्न आदेश …

पुरा पढ्नुहॊस »

बालिकाको शव नग्न अवस्थामा भेटियो, बलात्कारपछि हत्याको आशंका

काठमाडौँ । धनुषामा एक बालिका मृत अवस्थामा फेला परेकी छन् । धनुषाको सबैला नगरपालिका-९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो । २४ घण्टादेखि हराइरहेकी उनको शव बिहीबार बेलुका करिब ७ बजे फेला परेको प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । शवको प्रकृतिले घटना शंकास्पद देखिएको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक शर्माले बताए । ‘तलको भागको कपडा …

पुरा पढ्नुहॊस »

सेनाले माग्यो प्राविधिक तथा हवाईतर्फ १२५ कर्मचारी (सूचनासहित)

काठमाडौँ । नेपाली सेनाले विभिन्न रिक्त पदहरूका लागि दरखास्त आह्वान गरेको छ । सेनाले सूचना प्रकाशन गर्दै प्राविधि, हवाई लगायत विविध सेवामा रिक्त १२५ कर्मचारी मागेको हो । सेनाले नर्सिङतर्फ १८ जना, मेडिकलतर्फ ३२ जना, मर्मततर्फ १२ जना, सैनिक ब्याण्डतर्फ १४ जना, कर्मचारीतर्फ ४२ जना लगायत विभिन्न सेवाका लागि केही संख्यामा कर्मचारी मागेको हो । खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ । योग्यता पुगेका …

पुरा पढ्नुहॊस »

युरोपमा फेरिँदै नेपालीको हैसियत

काठमाडौँ । मित्रलाल पाण्डे सन् २००७ मा अध्ययनका लागि डेनमार्क पुग्दा विद्यार्थीले काम गर्न नपाइने अवस्था थियो । बल्लतल्ल पढाइ खर्च जुटाएर त्यहाँ पुगे पनि काम गरेर बस्न, कमाउन सक्ने वातावरण डेनमार्क जस्तै अन्य युरोपेली मुलुकमा पनि थिएन । उनले स्मरण गरे, “कतै काम नपाएपछि मैले सडकमा फालिएका बियरका बोतल टिपेर बेचेर पनि खाएँ तर अहिले आफैँ अरूलाई काम दिन्छु ।” पाण्डेले लामो समय सङ्घर्ष गरेर सन् २०१७ मा पोल्यान्डमा आफ्नै व्यवसाय सुरु …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । झुटा आरोप पनि खेप्नुपर्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

आजको मौसम कहाँ कस्तो छ ?

काठमाडौं । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भू–भागहरूमा लागेको हुस्सु/कुहिरो पश्चिम तराईमा मध्याह्नसम्म क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । मध्य र पूर्वी तराईमा अपराह्नसम्म क्रमिक रुपमा सुधार हुँदै सम्भावना रहेको छ । हुस्सु/कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक …

पुरा पढ्नुहॊस »