काठमाडौं । नेपाली कांग्रेस रामेछापका नेता भरतप्रसाद चौलागाईंविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी परेको छ । ललितपुर महालक्ष्मी नगरपालिका–८ का सानुभाई थापाले चौलागाईंविरुद्ध उजुरी दिएका हुन् । काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलका अनुसार चौलागाईं विरुद्ध बैंकिङ कुसर मुद्दामा जाहेरी परेको हो । चौलागाईंले थापालाई दिएको ८० लाख रुपैयाँको चेक बाउन्स भइपछि थापा प्रहरीकहाँ पुगेका हुन् । चौलागाईंले माछापुच्छ्रे बैंक लाजिम्पाट शाखामा रहेको खातामा रकम रहेको भन्दै चेक दिएका थिए । उक्त …
पुरा पढ्नुहॊस »१४ किलो सुन प्रकरण : विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ
काठमाडौँ । १४ किलो सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाइ सुपरभाइजर पक्राउ परेका छन् । घटनाबारे छानबिन गर्न विमानस्थल भन्सार कार्यालयका उप–सचिव मणिराम पौडेलको नेतृत्वको समितिले छानबिन गरिरहेको छ । छानबिनका लागि एक जनालाई नियन्त्रणमा लिइएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जानकारी दिए । उनले भने– ‘छानबिन पुरा गरेर यथार्थ बाहिर ल्याउँछौँ ।’ मंसिर २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट विमानस्थल भन्सार कार्यालयको टोलीले १४ किलो सुन बरामद …
पुरा पढ्नुहॊस »इजरायलमा रोजगारीको प्रलोभन देखाउने व्यक्तिबाट सचेत रहन विभागको आग्रह
काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको जनाउँदै सचेत रहन आग्रह गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौता बमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउने काम भइरहेको विभागका प्रवक्ता तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए । उनका अनुसार इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा इजरायलसँग छलफल भइरहे पनि यस विषयमा कुनै पनि निर्णय भइसकेको …
पुरा पढ्नुहॊस »मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, ठक्कर दिने गाडी समातिएपछि खुल्यो अरनिको राजमार्ग
काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएपश्चात् अवरूद्ध अरनिको राजमार्ग सुचारू भएको छ । दुर्घटनामा काभ्रेकै रूपक खत्रीको मृत्यु भएको थियो । उनको आफन्त घटनास्थल पुगेर शव बुझेसँगै स्थानीयले अवरोध गरेको राजमार्ग सुचारू भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बिहीबार (आज) बिहान पाँचखाल नगरपालिका–६ मा उक्त दुर्घटना भएको थियो । प्रहरी कार्यालयको अनुसार बा ८७ प ६४१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । …
पुरा पढ्नुहॊस »वर्षकै उत्कृष्ट ‘मिथुन उल्का वर्षा’ नेपालबाट देखिने, कतिबेला हेर्ने ?
काठमाडौं । बिहीबार राति नेपालबाट पनि उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने भएको छ । यदि आकाश खुलेको रहेछ भने नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिन्छ । खगोलविदहरुले यो उल्का वर्षालाई ‘जेमिनिड्स’ नाम दिएका छन् ।
पुरा पढ्नुहॊस »खाँणको निवेदन न्यायाधीश कोइरालाको इजलासमा
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाँणको निवेदनमाथि सुनुवाइका लागि उच्च अदालत पाटनले बिहीबार पेसी तोकेको छ । यसअघि दुई न्यायाधीशबीच रायमाझी भएको फाइल आज न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा परेको छ । गत मंसिर १५ गते उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा राय बाझिएको थियो । पाण्डेले ३० लाख रुपैयाँ धरौटी राखे …
पुरा पढ्नुहॊस »खाँणलाई छाड्ने कि थुनामा राख्ने बारेमा आज सुनुवाइ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बाँलकृष्ण खाणलाई थुनामा राख्नेकी छाड्ने विषयमा आज सुनुवाइ हुँदैछ । उच्च अदालत पाटनमा आज एकल इजलासमा पेसी तोकिने भएको हो । यसअघि उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा राय बाझिएको थियो । पाण्डेले खाँणलाई ३० लाख धरौटीमा छाड्नुपर्छ र खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएका थिए । दुई न्यायाधीशको …
पुरा पढ्नुहॊस »युटिएलसहित तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । प्राधिकरणबाट इन्टरनेट (इ-मेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरेको हो । ती सेवा प्रदायकहरूले अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले उनीहरुको अनुमति पत्र स्वतः खारेज भएको प्राधिकरणले जानकारी दिएको छ …
पुरा पढ्नुहॊस »कामका लागि विदेसिएका १३ हजार नेपालीले गुमाए ज्यान
काठमाडौं । मुलुकमा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत वैदेशिक रोजगारी भए पनि वैदेशिक रोजगारीकै क्रममा निधन भएका करिब १३ हजार नेपालीको कथा भने आफैंमा दुःखलाग्दो छ । यसलाई वैदेशिक रोजगारीको अँध्यारो पाटोका रूपमा लिने गरिएको छ । वैदेशिक रोजगारीमा गएकामध्ये करिब १३ हजार नेपालीले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार आर्थिक वर्ष २०६५ को कात्तिकदेखि चालु आव २०८०र८१ को मंसिर २६ गतेसम्म १२ हजार ७ सय ३० जना …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । एकोहोरो माया प्रेमले सताउन सक्छ । आर्थिक कारोबारमा विवाद पनि आउला ।
पुरा पढ्नुहॊस »