कास्की । पोखरा महानगरपालिका–८ सृजनाचोकस्थित नैना दोहोरी साँझमा आगलागी करिब ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । विष्णु आचार्यको उक्त दोहोरी साँझमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी भएको हो ।
आगलागीबाट एसी ५ थान, मोबाइल १० थान, फ्रिज १ थान, सिसिटिभी क्यामेरा ५ थान, कम्प्युटर १ थान, साउन्ड सिस्टम १ सेट, टिभी १ थान, सोफा १५ सेट, विभिन्न ब्रान्डको मदिरा, ग्याँस गिजर १ थान, पंखा ४ थान लगायतका विभिन्न सरसामानहरू, नगद ५० हजार रुपैयाँ र बैंक चेक लगायत कागजात जलेर क्षति भएको हो ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईंको प्रतिकृया




