काठमाडौं । धनगढीमा निर्माण गरिने आधुनिक बसपार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । धनगढी उपमहानगरपालिका–३ को चटकपुर, कालिकाटोलमा प्रस्तावित आधुनिक बसपार्कको डिपिआर तयार भएको हो । नगर विकास कोष र धनगढी उपमहानगरपालिकाको बित्तीय लगानीमा निर्माण गरिने प्रस्तावित बसपार्कको डिपिआर तयार भएको नगर प्रमुख गोपाल हमालले जानकारी दिए । धनगढी उपमहनगरले वडा नम्बर ३ चटकपुर, कालिकानगरको सरकारी पर्ति जग्गामा आधुनिक बसपार्क बनाउने तयारी गरेको हो । अहिले धनगढी बजार …
पुरा पढ्नुहॊस »मन्त्री फेरेरै भएपनि कामको परिणाम निकाल्छु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले परिणाम नआए मन्त्रीहरू फेरेर भएपनि जनतालाई सेवा दिने गरि परिणाम निकाल्ने बताएका छन् । मोरङको मिक्लाजुङ ५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले काम नगर्ने मन्त्रीहरुलाई फेर्ने बताएका हुन् । उनले आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने बताए । उनले भने, ‘त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्छु ।’ उनले प्रतिबद्धताअनुसार काम नभए मन्त्री फेरेर भएपनि कामलाई गति …
पुरा पढ्नुहॊस »राष्ट्रपति पौडेलसँग श्रीलंकाका विदेशमन्त्रीको भेटवार्ता
काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटवार्तामा राष्ट्रपति पौडेलले श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षले नेपाल भ्रमणका अवसरमा लुम्बिनी संसारको सांस्कृतिक गन्तव्यस्थल हुने बताएको स्मरण गर्दै नेपाल र श्रीलंका बीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत र व्यापक बनाउनुपर्नेमा जोड दिए। सो अवसरमा विदेशमन्त्री साब्रीले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गराउनुका साथै दुवै देश बीच लगानीका …
पुरा पढ्नुहॊस »नेपालमा कोरोनाको नयाँ भेरियन्ट भित्रिएको हो ?
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टको असर अहिलेसम्म नेपालमा फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतको केरला र नयाँदिल्लीमा नयाँ भेरियन्टबाट प्रभावित केही व्यक्ति फेला परेको समाचार आइरहेको तर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचेत रहेको प्रवक्ताले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अहिले भारतमा फेला परेका व्यक्तिमा पनि घातक असर नपाइएको र नेपालमा भित्रिनसकेको बताए । प्रवक्ता बुढाथोकीका अनुसार यसअघिका कोभिड महामारीमा प्रयोग गरिएको …
पुरा पढ्नुहॊस »बालिकालाई वेश्यावृत्तिमा लगाउने म्यानेजर पक्राउ, मालिकको खोजी हुँदै
काठमाडौं । बालबालिका यौनजन्य कार्यमा लगाएक अभियोगमा एक जना प्रकाउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका–६ घर भइ टोखा नगरपालिका–९ नयाँबसपार्क बस्ने २४ वर्षीय सुमन तामाङ छन् । बालिकाहरुलाई ललाइफकाइ वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको सूचना पाएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलको टोली गएको थियो । प्रहरीले ४ जना बालिकाहरुलाई उद्धार गरी सुमनलाई पक्राउ गरेको हो । उद्धार गरिएका बालिकालाई ५ महिनादेखि होटल/गेष्ट हाउसमा राखेर जबरजस्ती शारीरिक …
पुरा पढ्नुहॊस »प्रहरीको जागिर छाडेर दुबई आर्मी बनिसकेका दार्चुलाका नगाल रसिया पुगेर अस्ताए
काठमाडौं । दार्चुलाको महाकाली नगरपालिका-२ का कुन्दन सिंह नगालले ५ वर्ष अगाडि सशस्त्र प्रहरीको जागिर छाडेका थिए । १४ वर्ष सशस्त्र प्रहरी बलमा जागिर खाएका उनले त्यहाँ खासै प्रगति होला भन्ने नठानेपछि ५ वर्षअघि उपदानमा निस्केका हुन् । उनका निकटस्थ प्रहरी सहकर्मीका अनुसार कुन्दन आफ्नो परिवारको ‘भविष्य’ नदेखेर तथा उचित पारिश्रमिक नपाइएकै कारण जागिर छोड्ने निर्णयमा पुगेका थिए । ‘उहाँ सहायक हवलदारको रुपमा कार्यरत हुनुहुन्थ्यो,’ ती पूर्व प्रहरीले भने, ‘हामीलाई …
पुरा पढ्नुहॊस »एक वर्षे बीएडको विकल्पमा त्रिविले ल्यायो नयाँ कोर्ष, आवेदन खुला
काठमाडौँ । त्रिभुवन विश्व विद्यालयले एक वर्षे बीएडको विकल्पमा नयाँ कोर्षका लागि भर्ना आह्वान गरेको छ । त्रिवि शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयले सेमेप्टर प्रणालीमा आधारित ३ सेमेस्टरको अघि स्नातक तह पीजीडी एजुकेशन (पीजीडी ईडु) कार्यक्रमका लागि भर्ना आह्वान गरेको हो । तीन सेमेस्टरमा पढाइ हुने गरी विभिन्न १४ वटा विषयमा पीजीडी एजुकेशन कार्यक्रमका लागि भर्ना खुलाएको कार्यालयले जनाएको छ । पहिलो सेमेस्टरमा भर्नाका लागि आजदेखि माघ ११ गतेसम्म आवेदन बुझाउन …
पुरा पढ्नुहॊस »हिरासतमै थुनुवाको मृत्यु भएपछि हंसपुर तनावग्रस्त, प्रहरीले गोली चलायो
काठमाडौँ । धनुषामा प्रहरी हिरासतमा रहेका एक जनाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । प्रहरीले नियन्त्रणमा लिएका दीपा मण्डलको मृत्युपछि हंसपुरको अवस्था तनावग्रस्त भएको हो । परिवारजनले प्रहरीले नियन्त्रणमा लिएको दीपालाई निर्घात कुटपिट गरेपछि अवस्था बिग्रिएर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको आरोप लगाएको छ । घटनापश्चात आक्रोशित स्थानीयले प्रहरी चौकी घेराउ गर्न खोज्दा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर स्थानीय शंकर मण्डल घाइते भएका छन् । उनको …
पुरा पढ्नुहॊस »बालबालिकाको साथमा हुँदा आफ्नो उमेर पनि भुल्छु : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बालबालिकाको साथमा हुँदा आफ्नो उमेर पनि भुल्ने गरेको बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा बालबालिकाहरूसँगको तस्बिर राख्दै उनले यस्तो बताएका हुन् । ‘भविष्य सबैलाई मन पर्छ, मलाई पनि मन पर्छ । जब म बालबालिकाको साथमा हुन्छु, आफ्नो उमेर पनि भुल्छु । उनीहरू देशका भविष्य हुन् । शुभ बिहानी !’ अध्यक्ष ओलीले भनेका छन् । अध्यक्ष आलीले …
पुरा पढ्नुहॊस »सर्वोच्चमा आजदेखि २० न्यायाधीशको इजलास
काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि २० न्यायाधीशको इजलास हुने भएको छ । बिहीबार शपथ ग्रहण गरेका नवनियुक्त ६ न्यायाधीश शारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल सहित २० इजलासमा बस्नेछ । पोखरेल र ढकाल कानुन व्यवसायी पृष्ठभूमिका हुन् भने बाँकी चार न्यायाधीश उच्च अदालतमा कार्यरत छँदै नियुक्त गरिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनीहरूलाई शपथ खुवाएलगत्तै सर्वोच्च …
पुरा पढ्नुहॊस »