समाचार

सरकारी कार्यालयमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका पारित

काठमाडौं । सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्देशिका पारित गरेको हो । यो निर्देशिकाले सरकारी कार्यालयहरुमा सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्ने एक मन्त्रीले जानकारी दिए । बिहीबारकै मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि कुल जनसंख्याको ०.५ प्रतिशत भन्दा कम जनसंख्या रहेका दलित बाहेक अल्पसंख्यक जनजातिलाई अल्पसंख्यकको रुपमा तोक्ने निर्णय पनि गरेको छ । राष्ट्रियसभामा अल्पसंख्यकबाट पनि प्रतिनिधि …

पुरा पढ्नुहॊस »

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिर्नेको लाइन काट्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्ने लाइसेन्स खारेज गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठक एवं दिशानिर्देशमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । ‘झोलामा खोलाको कुरा धेरै लामो समयदेखि चर्चामा छ । लाइसेन्स लिने, होल्ड गरेर …

पुरा पढ्नुहॊस »

सर्वोच्चका ६ न्यायाधीशले लिए शपथ

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरूले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार शितल निवासमा नवनियुक्त न्यायाधीशहरूले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट शपथ लिएका हुन् । न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालले शपथ लिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले बुधबार उनीहरूलाई न्यायाधीशमा नियुक्ति गरेका थिए ।

पुरा पढ्नुहॊस »

राष्ट्रियसभा निर्वाचन : ७ मतदान स्थल र १४ मतदान केन्द्र तोकियो

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रत्येक प्रदेशमा एक एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई दुई बटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको हो । कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ, मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि …

पुरा पढ्नुहॊस »

नारायणगढ-मुग्लिन सडक चार घण्टा बन्द हुने

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)ले आज एक सूचना जारी गरेर जनाएको हो । नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छ भने मालवाहक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिने …

पुरा पढ्नुहॊस »

‘रेड कर्नर नोटिस’ जारी गरिएका चारजना विदेशबाट पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले एक हप्ताको अवधिमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका उनीहरुलाई नेपाल ल्याइएको हो । प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार युनाइटेड अरब इमिरेटस् (युएई) को दुबईबाट तीन तथा कुवेतबाट एकजनालाई नेपाल ल्याइएको हो । विद्युतीय कारोबारको कसुरमा इन्टरपोलबाट रेड नोटिस जारी भई …

पुरा पढ्नुहॊस »

अभागी भाइ : तिहारमा सेतो टीका

गत वर्ष भान्जीको विवाहमा रंगिएको घरको रंग उड्न थालेको थियो । गोठ खाली भइसकेको थियो । दूध दिने गाई भैँसी थिएनन् । एकदमै शान्त भएको थियो । न कुकुरको आवाज नत बाख्राको आवाज सबैतिर शान्त थियो । घर होकी की कुनै समसानघाट जस्तै....

पुरा पढ्नुहॊस »

संस्कृतिमन्त्री किराँतीको अभिव्यक्तिप्रति रवि लामिछानेको आपत्ति

काठमाडौं । संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको अभिब्यक्तिलाइ लिएर अहिले चौतर्फी बिरोध भइरहेको छ । ‘कृष्चियन नमान्ने संबिधान बिरोधी हुन्’ भन्ने संस्कृति मन्त्री किराँतीको अभिब्यक्तिलाइ लिएर अहिले चौतर्फी बिरोध भइरहेको हो । यसैबिचमा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पनि मन्त्री किराँतीले त्यो अभिब्यक्ति फिर्ता लिनु पर्ने तथा तत्काल पदवाट राजीनामा दिनु पर्ने बताएका छन् । ‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको,उत्तेजक,गैरजिम्मेवार,पदीय गरिमा बिपरीतको …

पुरा पढ्नुहॊस »

बुद्ध एयरको इमर्जेन्सी ढोका भएको ‘सिट’मा बसेका यात्रु प्रहरी नियन्त्रणमा

काठमाडौँ । पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजको इमर्जेन्सी ढोका खुलेको छ । बिहीबार बिहान ९ बजे बुद्ध एयरको उडान नम्बर ६५२ को इन्जिन स्टार्ट भएपछि आपतकालीन ढोका खुलेको हो । जहाजको ढोका यात्रुले खोलेको पाइएको बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालले बताए । उनका अनुसार भीम परियार नामका यात्रु जहाजको १- सी-डी अर्थात् इमर्जेन्सी ढोका भएको सिटनेर बसेका थिए । उनले आपत्‌कालीन ढोका खोलेको प्रमुख गौतमको तर्क छ …

पुरा पढ्नुहॊस »

जब उड्न लागेको बुद्ध एयरको इमरजेन्सी ढोका खुल्यो

काठमाडौँ । पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजको ढोका खुलेको छ । बिहीबार बिहान ९ बजे बुद्ध एयरको उडान नम्बर ६५२ को इन्जिन स्टार्ट भएपछि आपतकालीन ढोका खुलेको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार जहाजको ढोका यात्रुले खोलेको पाइएको छ । ‘जहाजको इमर्जेन्सी ढोका यात्रुबाट के कति कारणले खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझ्दै छन्,’ उनले भने, ‘इमर्जेन्सी डोरका सिटमा बस्ने यात्रुलाई हाम्रा विमान …

पुरा पढ्नुहॊस »