काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नियम नमान्ने दुई वटा औषधि पसलमा सिलबन्दी गरेको छ । बुधबार अनुगमनका क्रममा महानगरपालिकाको पूर्वसूचना बमोजिम नगरिएको र दर्तासमेत नरहेको पाइएपछि महानगरपालिकाले दुई वटा औषधि पसलको सटक सधैँका लागि बन्द गरिदिएको हो । वडा नं. १७ ठमेलमा रहेको हिमालय स्टोर र वडा नं. ३ महाराजगञ्जमा रहेको माइबेनी मेडिकल हलमा महानगरपालिकाले सिलबन्दी गरेको हो । महानगरको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले कानूनबमोजिम दर्ता नभएका, एउटा प्रयोजनमा दर्ता …
पुरा पढ्नुहॊस »भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन : स्वास्थ्य मन्त्रालय
काठमाडौँ । सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको सङ्क्रमणबाट डराउन नपर्ने बताए । उनले भारतमा देखिएको सङ्क्रमण श्वासप्रश्वाससम्बन्धी रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको बताए । अहिले भारत र चीनमा श्वासप्रश्वास समस्या बढिरहेको छ । उनले कोरोनाका बेला तयार गरिएको सघन उपचार कक्ष (आइसियु), अक्सिजनलगायत भौतिक पूर्वाधार आवश्यक परेका बेला …
पुरा पढ्नुहॊस »सुदूरपश्चिममा फेरि भित्रियो कोभिड, दुई जनामा पुष्टि
काठमाडौं । सुदूरपश्चिममा फेरि कोभिडको संक्रमण देखिएको छ । बुधबार र मंगलबार एक/एक जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार गौरिफन्टा नाकामा एन्टिजेन परीक्षण गर्दा उनीहरूमा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालयका एक अधिकारी मीन धामीले चेन्नईबाट फर्किएका धनगढी उपमहानगरपालिका ११ का २४ वर्षीय युवक र पुनर्वास नगरपालिका-५ की ३२ वर्षीया महिलामा हिजो संक्रमण देखिएको बताए । ती महिला भारतको बैङ्लोरबाट फर्किएकी फर्किएकी थिइन् । अहिले …
पुरा पढ्नुहॊस »बार्दलीले मिचेको संरचनामा महानगरले चलायो डोजर
काठमाडौं । बिजुलीबजार पुल नजिकै रहेको बार्दली रेष्टुरेन्टले मिचेको संरचना काठमाडौं महानगरपालिकाले भत्काएको छ । बिहीबार बिहान डोजरसहित पुगेका नगर प्रहरीहरूले सडकको भाग मिचेर बनाएको पर्खाल भत्काइदिएको हो । वडा नम्बर १०का जनप्रतिनिधि, नापीका प्रतिनिधि र स्थानीयको उपस्थितिमा यसअघि अनधिकृत संरचना बनाएर हडपिएको जग्गाको रेखांकन गरिएको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर १० को सिट नम्बर १०२-११४६-०६ को कित्ता नम्बर ४१२, २८९, २९०, २६४ र ४ नम्बर कित्ताको सरकारी जग्गा …
पुरा पढ्नुहॊस »घुम्तीमा ट्रयाक्टर खस्यो : पतिपत्नीसहित एकै गाउँका ५ जनाको मृत्यु, कम्तीमा ९ घाइते
काठमाडौं । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आठबीसकोट-१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेकोे रा१द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो । ट्रयाक्टरमा जस्तापाता रहेको जनाइएको छ । दुर्घटनामा परी आठबीसकोट-१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया चुकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी …
पुरा पढ्नुहॊस »रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु, चार युक्रेनमा बन्धक (नामसहित)
काठमाडौं । रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रूसी सेनामा कार्यरत थप एक नेपाली कुन्दन सिंह नागलको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयले रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन रुससाग पुनःअनुरोध पनि गरेको छ । विज्ञप्तिमार्फत सरकारले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुको संख्या, घाइते …
पुरा पढ्नुहॊस »काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै चिसो, तराईमा हुस्सु र कुहिरो
काठमाडौं । काठमाडौंमा आज यो वर्षको हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियसमा झरेको हो । यो न्यूनतम तापक्रम यो वर्षको हालसम्मकै कम हो । ‘यो वर्षका लागि आजको तापक्रम अहिलेसम्मकै न्यून हो । पौने ९ बजे यो भन्दा पनि तापक्रम घट्न सक्छ,’ मौसमविद् अधिकारीले भने । काठमाडौंको तापक्रम दिउँसो १७ देखि १९ डिग्री सेल्सियसको बीचमा …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । एकोहोरो माया प्रेमले सताउन सक्छ । आर्थिक कारोबारमा विवाद पनि आउला ।
पुरा पढ्नुहॊस »इन्फर्मेटिक्स कलेज पोखराको दीक्षान्त समारोह
काठमाडौं । इन्फर्मेटिक्स कलेज पोखराको ‘दीक्षान्त समारोह, २०२३ सम्पन्न भएको छ । वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ । समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बीएससी (अनर्स) कम्प्युटिङ र बीए (अनर्स) बिजनेस प्रशासन गरेर जम्मा १२२ विद्यार्थी सहभागी भएको कलेजले जानकारी दिएको छ । बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित छ । कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई आईएनजीले छात्रवृत्ति उपलब्ध गराएको छ । …
पुरा पढ्नुहॊस »उदयपुर र हेटौँडा सिमेन्ट उद्योगबारे अध्ययन गरी प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन
काठमाडौँ । उदयपुर र हेटौँडा सिमेन्ट उद्योग पूर्णरुपमा सञ्चालन गर्न परेका समस्या र चुनौतीका विषयमा अध्ययन गरी समितिलाई प्रतिवेदन बुझाउन उद्योग समितिले सरकारलाई निर्देशन दिएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिले हेटौँडा र उदयपुर सिमेन्टको आर्थिक, भौतिक र वर्तमान अवस्था, उद्योग पूर्ण क्षमतामा चलाउन सक्ने र नसक्ने अवस्थाबारे विज्ञसहितको टोलीले अध्ययन गरी उक्त प्रतिवेदन …
पुरा पढ्नुहॊस »