बालिकालाई वेश्यावृत्तिमा लगाउने म्यानेजर पक्राउ, मालिकको खोजी हुँदै

काठमाडौं । बालबालिका यौनजन्य कार्यमा लगाएक अभियोगमा एक जना प्रकाउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका–६ घर भइ टोखा नगरपालिका–९ नयाँबसपार्क बस्ने २४ वर्षीय सुमन तामाङ छन् ।

बालिकाहरुलाई ललाइफकाइ वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको सूचना पाएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलको टोली गएको थियो । प्रहरीले ४ जना बालिकाहरुलाई उद्धार गरी सुमनलाई पक्राउ गरेको हो ।

उद्धार गरिएका बालिकालाई ५ महिनादेखि होटल/गेष्ट हाउसमा राखेर जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा थप ७ वटा शव फेला

काठमाडाैं । धादिङको झ्याप्ले खोला क्षेत्रमा थप ७ वटा शव भेटिएका छन् । पहिरोमा पुरिएको …

प्रतिकृया दिनुहॊस