धनगढीमा आधुनिक बसपार्क निर्माण गर्न ‘डिपिआर’ तयार

काठमाडौं । धनगढीमा निर्माण गरिने आधुनिक बसपार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । धनगढी उपमहानगरपालिका–३ को चटकपुर, कालिकाटोलमा प्रस्तावित आधुनिक बसपार्कको डिपिआर तयार भएको हो ।

नगर विकास कोष र धनगढी उपमहानगरपालिकाको बित्तीय लगानीमा निर्माण गरिने प्रस्तावित बसपार्कको डिपिआर तयार भएको नगर प्रमुख गोपाल हमालले जानकारी दिए । धनगढी उपमहनगरले वडा नम्बर ३ चटकपुर, कालिकानगरको सरकारी पर्ति जग्गामा आधुनिक बसपार्क बनाउने तयारी गरेको हो ।

अहिले धनगढी बजार क्षेत्रमा रहेको बसपार्क एक बिघा जग्गामा मात्रै छ । डिपिआर तयार भएसँगै उपमहानगरलाई जग्गा भोगाधिकार प्राप्त गर्ने बाटो खुलेको छ । वडा नम्बर–३ को कित्ता नम्बर १ को सरकारी जग्गाको स्वामित्व संघीय सरकारबाट प्राप्त गर्ने र आधुनिक बसपार्क बनाउने योजना उपमहानगरको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री