समाचार

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम सर्वसम्मत

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन् । कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेकाले उनी सर्वसम्मत चयन भएका हुन् । तर, निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ । यसअघि चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष थिइन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी चयन भएकी छन् …

पुरा पढ्नुहॊस »

गौशाला-२६ को पहिचान खुलाउनेलाई खोज्दै प्रहरी

काठमाडौं । गौशाला-२६ ले दिएको उजुरीमा साइबर ब्युरोले अनुसन्धानमा तीव्रता दिएको छ । सन्दीप लामिछाने बलात्कारको कसुरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्बिरहरू सार्वजनिक भएपछि अनुसन्धान थालेको ब्युरोले जनाएको छ । ब्युरोका एक अधिकारीका अनुसार गौशाला–२६ का तस्बिर सार्वजनिक गर्नेहरूको खोजी सुरु भएको छ । ‘विद्युतीय माध्यमबाट ती तस्बिरहरू सार्वजनिक गराइएकाले ब्युरोले यो विषयलाई नोटिसमा लिएको हो’, ती अधिकारीले भने–अनुसन्धान भइरहेको छ,पहिचान खुलाउनेलाई खोज्दै छौं ।’ जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई …

पुरा पढ्नुहॊस »

सुरुङमा प्रवेश गराइयो मेलम्चीको पानी, कहिले आइपुग्छ काठमाडौं ?

काठमाडौं । भूकम्प र भ्रेमाथाङ बाढीका कारण अवरुद्ध मेलम्चीको पानी सुरुङमा प्रवेश गराइएको छ । सात महिनादेखि बन्द सुरुङमा मेलम्ची खोलाको पानी बिहीबार बेलुकादेखि छोडिएको हो । मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरुङ भरिएर सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झर्न कम्तीमा चार दिन लाग्नेछ । माघ १ गतेसम्म काठमाडौंबासीको धारामा मेलम्चीको पानी पुर्‍याउने लक्ष्य राखिएको आयोजनाले जनाएको छ । परीक्षणका रूपमा पानी प्रवेश मंगलबारदेखि सुरु गरिएको थियो । तर बिहीबारदेखि प्रतिसेकेण्ड ६ सय …

पुरा पढ्नुहॊस »

भरतपुरमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । भरतपुर क्यान्सर अस्पतालको नजिकै बिएबी २८७६ नम्बरको कारले बा.प्र. ०३-००३ प १७७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार बेलुका साढे ८ बजे भरतपुर महानगरपालिका-७ स्थित क्यान्सर अस्पतालको नजिकै बिएबी २८७६ नम्बरको कारले बा.प्र. ०३-००३ प १७७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक गम्भीर घाइते भइ मृत्यु भएको हो । चितवन प्रहरीका अनुसार गम्भीर घाइते भएका माडी नगरपालिका-६ रामराज्यपुरका अन्दाजी ३५ वर्षीय कुल प्रसाद …

पुरा पढ्नुहॊस »

बाँकेमा सहकारीको ४३ करोड घोटाला प्रकरणमा १९ जनालाई कैद सजाय र जरिवाना

काठमाडौं । बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम कसुर-सजाय र जरिवाना तोकेको छ । कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन् । अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले १९ जनालाई एक वर्षदेखि पाँच वर्षसम्म कैद सजाय, रु ५० हजारसम्म जरिवाना गर्ने बिहीबार फैसला गरेको अदालतका सूचना अधिकारी हेमन्त भट्टराईले बताए । उनका अनुसार अदालतले साबिकको मुलुकी ऐन ठगीको महलका …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।  शुक्रबार राष्ट्रनिर्माता शाहको सिंहदरबार मूल गेट अगाडि रहेको सालिकमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरेका हुन् । नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर उनले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरे । पृथ्वी जयन्तीका अवसरमा राजनीतिक दलहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । आज पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको …

पुरा पढ्नुहॊस »

राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौंं ।  राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदैछ । उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिन लागिएको हो । निर्वाचन आयोगका अनुसार पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभामा रिक्त १९ पदका लागि मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिन मतगणना …

पुरा पढ्नुहॊस »

तीन महिनाअघि आमा गुमाएका मन्त्री लिम्बूलाई पत्नी शोक

काठमाडाैं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नी शाेक परेको छ । मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको बिहीबार  ५८ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि कलेजोको क्यान्सरबाट पीडित लिम्बूको मोरङको लेटाङ-६ , गुवाबारी स्थित आफ्नै घरमा निधन भएको हो । लिम्बुको पार्थिव शरीर लिम्बू परम्परा अनुसार शुक्रवार अन्त्येष्टि गरिने मन्त्री लिम्बूका स्वकीय सचिव साजन कुँवरले बताए । लिम्बूका १ छोरा र १ छोरी छन् । मन्त्री लिम्बूकी …

पुरा पढ्नुहॊस »

निर्वाचनपछि कस्तो बन्दैछ राष्ट्रियसभा ?

काठमाडौं । अब राष्ट्रिय सभाको दलीय हैसियत परिवर्तन हुने भएको छ । प्रतिनिधिसभामा ३२ सीटसहित तेस्रो ठुलो दल रहेको माओवादी केन्द्र राष्ट्रियसभामा पहिलो दल बन्ने भएको हो । माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनपछि माओवादी केन्द्र ठुलो दल बन्ने भएको हो । राष्ट्रिय सभामा अहिले माओवादीका १६ सांसद छन् । ३ जना बिदा हुँदा माओवादीले ६ थपेर आफ्नो सांसद संख्या १९ पुर्‍याउनेछ । त्यस्तै अहिले १० सांसद रहेको कांग्रेस …

पुरा पढ्नुहॊस »

पृथ्वीनारायणका दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको बताएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को शुभकामना सन्देश दिँदै उनले ती दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकका रूपमा रहेको उल्लेख गरेका छन् । नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उनीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा …

पुरा पढ्नुहॊस »