सांकेतिक तस्बिर

भरतपुरमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । भरतपुर क्यान्सर अस्पतालको नजिकै बिएबी २८७६ नम्बरको कारले बा.प्र. ०३-००३ प १७७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहीबार बेलुका साढे ८ बजे भरतपुर महानगरपालिका-७ स्थित क्यान्सर अस्पतालको नजिकै बिएबी २८७६ नम्बरको कारले बा.प्र. ०३-००३ प १७७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक गम्भीर घाइते भइ मृत्यु भएको हो ।

चितवन प्रहरीका अनुसार गम्भीर घाइते भएका माडी नगरपालिका-६ रामराज्यपुरका अन्दाजी ३५ वर्षीय कुल प्रसाद सापकोटालाई नयाँ मेडिकल कलेज उपचारका लागि पुर्‍याए लगतै डाक्टरले मृत घोषित गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस