समाचार

आजदेखि स्वस्थानी व्रत कथा प्रारम्भ, यस्तो छ महिमा

काठमाडौँ । आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गर्दै छन् । वैदिक सनातन धर्मावलम्बी पनि विशेषगरी नेपालमा बसोवास …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक जमघटमा सहभागीको अवसर मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

यस्ता छन् मंगलबार मन्त्रिपरिषद्ले गरेका १९ निर्णय

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गरिन् । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन विवाद सम्बन्धी छानबिन गर्न सरकारले समिति गठन गरेको छ । बैठकले महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा समिति गठन भएको छ । समिति सदस्यमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ …

पुरा पढ्नुहॊस »

टेलिकममा भ्रष्टाचार गरेको आरोपमा सुनील र विकल पौडेल पक्राउ

काठमाडौं । नेपाल टेलिकमका पूर्व कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको हो । २०८० वैशाखमा विकल पौडेल र असोज १५ मा पौडेल विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएपछि पनि उनीहरूले सार्वजनिक सम्पत्तिको दुरुपयोग र हिनामिना गरेको आशंकामा छानबिनमा तानिएका उनीहरूलाई अख्तियारको टोलीले बुधबार निवासबाटै …

पुरा पढ्नुहॊस »

रोबट प्रतिस्पर्धा आयोजना गर्दै नेवि संघ

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले मानव नियन्त्रित रोबोट्सको क्षमता प्रदर्शन गर्ने उद्देश्यले एक आपसमा भिडाउने भएको छ । खेल, मनोरञ्जन, सिर्जना र आविष्कारलाई एकमुष्ट प्रतिविम्बित गर्न रोबोटबीच प्रतिस्पर्धा गराउन लागिएको हो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले विश्वकर्मा ‘व्याटल अफ टाइटनस्–टु’ नामक टाइटल रहेको प्रतियोगितामा मानव नियन्त्रित रोबोटको डिजाइन, गतिशीलता, आक्रमण, प्रतिरक्षा तथा क्षमताको प्रदर्शन गर्न लागेको जानकारी दिए । अध्यक्ष शेर्पाले सिर्जना र …

पुरा पढ्नुहॊस »

किशोरीहरुलाई यौन क्रियाकलापमा लगाउने आशा पक्राउ

काठमाडौं । आर्थिक लाभ लिई किशोरीहरूलाई यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटा छथर जोरपाटी गाउँपालिका-१ घर भई दोलखा भिमेश्वर नगरपालिका-९ बस्ने ३६ वर्षीय आशा लामा भन्ने लालमाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौ महानगरपालिका-३२ जडिबुटीस्थित टिमुरे क्याफे र चरिकोट गेष्ट हाउस सञ्चालन गरी उक्त क्याफे तथा गेष्ट हाउसहरुमा किशोरीहरूलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको सूचनाका आधारमा मानव …

पुरा पढ्नुहॊस »

सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेशलाई दिने तयारी

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन् । पार्टीको केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा मन्त्री ज्वालाले जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउन अनुमतिपत्र छाप्ने अधिकार प्रदेशलाई दिन लागिएको बताए । सवारी चालक अनुमतिपत्रका लागि रकम भुक्तानी र आवेदन अनलाइनमार्फत भर्न सकिने बताए । ‘केही दिनअघि हामीले प्रदेशका सम्बन्धित मन्त्री र सचिवसँग बसेर यसका बारेमा छलफल गरेका …

पुरा पढ्नुहॊस »

महानगरविरुद्ध दोस्रो दिन पनि व्यावसायीको प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरले न्यूरोड क्षेत्रमा पार्किङ निषेधको निर्णय गरेसँगै यसक्षेत्रका सम्पूर्ण व्यापारीहरू दोस्रो दिन पनि आन्दोलनमा उत्रिएका छन् । मंगलबार बाट पसलको सटर बन्द गरेर आन्दोलनमा उत्रिएका उनीहरूले आज पनि आन्दोलनलाई जारी राखेका छन् । धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ गर्न नपाइने काठमाडौं महानगरले निर्णय गरेको छ । यस निर्णयले आफूहरूको व्यापारमा कमी ल्याएको भन्दै उनीहरूले आन्दोलन गरेका हुन् । …

पुरा पढ्नुहॊस »

व्यावसायीले गरे घरको पाँच तला माथिबाट हामफालेर आत्महत्या

काठमाडौं । कैलालीको धनगढीका एक व्यापारीले घरको पाँच तला माथिबाट हामफालेर आत्महत्या गरेका छन् । धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको पाँच तलाबाट हामफालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । बुधबार बिहान करिब ११ः२० बजे हामफालेर घाइते भएका अग्रवाललाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो । कैलालीका प्रहरी प्रवक्ता डीएसपी कुलदीप चन्दले उपचारको क्रममा अग्रवालको मृत्यु भएको बताए । अग्रवालले हाम फालिरहेको …

पुरा पढ्नुहॊस »

शैक्षिक प्रमाणपत्र धितो राखेर विनाब्याज ५ लाख रूपैयाँ ऋण लिन पाइने

काठमाडाैं । डडेल्धुराको परशुराम नगरपालिकाले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई विनाब्याज ५ लाख रुपैयाँ कर्जा दिने भएको छ। नगरपालिकाले एसईई वा सोभन्दा माथिको शैक्षिक तहलाई प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि उक्त कर्जा दिन लागेको हो। नगरपालिकाले विनाब्याज शैक्षिक प्रमाणपत्र धितो राखेर अध्ययनका लागि ऋण दिने व्यवस्था गरेपछि आर्थिक अभावमा उच्च शिक्षा अध्ययन गर्न कठिनाइ भोगिरहेका विद्यार्थीहरूलाई राहत हुने अपेक्षा गरिएको छ। नगरपालिका क्षेत्रभित्र बसोवास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीलाई …

पुरा पढ्नुहॊस »