समाचार

कर्णालीमा बाइक खस्दा ढकाल दम्पतीको मृत्यु

काठमाडौं । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायकका एक दम्पतीको मृत्यु भएको छ । बुधबार साँझ कैलालीको मोहन्याल गाउँपालिका-७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा भएको पञ्चदेवल विनायक नगरपालिका-१ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालको मृत्यु भएको हो । ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल सडकबाट दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो । उनीहरू अछामबाट बर्दियाको भुरीगाऊँ तर्फ आइरहेका थिए । …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक जमघटमा सहभागीको अवसर मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

एसईईमा पास हुन सबै विषयमा ३५ प्रतिशत ल्याउनैपर्ने, परीक्षा चैत पहिलो हप्ता

काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्ता हुने भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोर्ड अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने बताएका हुन् । ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता हुन्छ । माघको पहिलो हप्ता रुटिन निकाल्छौं’, उनले भने । संसद्मा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकमा भएको एसईईसम्बन्धी व्यवस्था अहिले लागू नहुने भन्दै शर्माले अन्योलमा …

पुरा पढ्नुहॊस »

यी हुन् मन्त्रीपरिषद् बैठकका २८ निर्णय

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले युगाण्डा भ्रमण गर्ने भएका छन् । मंगलवार बसेको मन्त्रीपरिषद्को निर्णय बुधवार सिंहदरबारमा सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले यसबारेमा जानकारी गराएका हुन् । उनका अनुसार प्रधानमन्त्री दाहालले युगाण्डाको राजधानी कम्पालामा माघ ५—६ मा आयोजना हुने असंलग्न आन्दोलनका विजयी राष्ट्रहरूको १९ औं सम्मेलनमा भाग लिनेछन् । सो अघि ३—४ मा हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र १—२ माघमा हुने पदाधिकारी बैठकमा परराष्ट्र …

पुरा पढ्नुहॊस »

तपस्वीको घरमा भेटियो पैसाको थुप्रो, यी हुन् अरु ९ सामान

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका तपस्वी रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको छ । यो पैसामाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । त्यसैगरी प्रहरीले उनको घरबाट १४ थान मोबाईल, …

पुरा पढ्नुहॊस »

प्रहरीले गर्‍यो बमजनलाई सार्वजनिक

काठमाडाैं । काठमाडौंको हात्तीगौंडाबाट पक्राउ परेका रामबहादुर बमजनलाई प्रहरीले सार्वजनिक गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार उनलाई सार्वजनिक गरेको हो । सीआईबीले उनी बसेको बुढानीलकण्ठस्थित घरमा छापा मारेको थियो । त्यस क्रममा उनी ४ तला माथिबाट हामफालेर भाग्ने प्रयास गरे पनि सफल हुन सकेनन् । सीआईबीले बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराउने तयारी गरेको छ । बम्जनसंगै उनको घरबाट प्रहरीले बरामद गरेको ३ करोड ३४ लाख रुपैयाँ …

पुरा पढ्नुहॊस »

भिमाद दुर्घटना : घाइते भएका दुवै जनाको मृत्यु

काठमाडाैं । तनहुँको भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पोखराबाट पाल्पाको रामपुर जॉदै गरेको यात्रुवाहक जिप बुधबार दुर्घटना हुँदा घाइते दुई जना मृत्यु भएको हो । उनीहरूको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । मृतक दुबैको पहिचान खुल्न बाँकी छ । ग१ज ६३५६ नंको जिप …

पुरा पढ्नुहॊस »

सुर्खेत विमानस्थल विस्तारका लागि ६ बुँदे निर्णय

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले सुर्खेत विमानस्थलको विस्तार गर्ने भएको छ । यसअघि वैकल्पिक विमानस्थल बनाउनुपर्ने बताए पनि अब भने सुर्खेत विमानस्थलको विस्तार गर्न जुटेको हो । मंगलबार सर्वदलीय, सर्वपक्षीय भेला गरेर नगरपालिकाले विमानस्थल विस्तारका लागि सुझाव समेत लिएको छ । नगरप्रमुख मोहनमाया ढकालले विमानस्थल विस्तार गर्ने कुरामा नगरपालिका अग्रसर भइरहेको बताइन् । त्यसका सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ । क) सुर्खेत विमानस्थलबाट दैनिक रुपमा बुद्ध एयरले २ र …

पुरा पढ्नुहॊस »

डिपेन्डेन्ट भिसामा विदेश जाने महिला बढी, १ वर्षमा कति गए ? (सूचीसहित)

काठमाडौं- गएको वर्षमा ८ लाख भन्दा बढी नेपाली राजगारीका लागि देश छाडेर गएका छन् । अध्यागमन विभागले दिएको तथ्यांक अनुसार सन् २०२३ मा ८ लाख ८ हजार ४१५ जना वैदेशिक रोजगारीका लागि गएका हुन् । जसमध्ये पुरुषको संख्या ७ लाख २३ हजार ७८९ रहेको छ भने ८४ हजार ६०४ महिला रोजगारीका लागि विभिन्न देश गएका छन् । यस्तै डिपेन्डेन्ट भिसामा विदेश जानेमा महिला बढी रहेको पाइएको छ । कूल २० …

पुरा पढ्नुहॊस »

बमजनको घरबाट ३ करोड ३ लाख रुपैयाँ र १५ वटा मोबाइल बरामद, विदेशी मुद्रा गन्न बाँकी

काठमाडौं । हत्या र यौनहिंसाका आरोपित रामबहादुर बम्जनको घरबाट प्रहरीले अहिलेसम्म तीन करोड ३ लाख नेपाली रूपैयाँ बरामद गरेको छ । आफूलाई ‘लिटल बुद्ध’ बताउने बम्जनको काठमाडौँको बूढानीलकण्ठस्थित घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद भएको हो । केही मात्रामा विदेशी मुद्रा तथा १५ वटा मोबाइल, ल्यापटप र ३० वटाभन्दा बढी पेन ड्राइभ पनि बरामद भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) जानकारी दिएको छ । ‘अझै पनि सीआईबीको टोली …

पुरा पढ्नुहॊस »