समाचार

भ्यालेन्टाइन डे : प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसर

काठमाडौँ । नेपालसहित विश्वभर आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस मनाइँदै छ । विशेषगरी युवापुस्ताले यसलाई उत्सवकै रूपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रणय दिवस विशेष रूपले मनाउने गरिएको हो ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज नयाँ कामको योजना बन्ने वा थालनी हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

सरस्वती पूजा, आज विद्याकी देवीको पूजा गरिँदै

काठमाडौं । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, …

पुरा पढ्नुहॊस »

रेडियोकर्मीको गुनासो- ‘सामुदायिक रेडियोको विकासका लागि सरकारले सहयोग गरेन’

काठमाडौँ । सामुदायिक रेडियोको विकासका लागि सरकारले नीतिगत रूपमा पर्याप्त व्यवस्था गर्न नसकेको सामुदायिक रेडियोकर्मीले गुनासो गरेका छन् । १३ औँ विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको आयोजनामा ललितपुरमा भएको कार्यक्रमका वक्ताहरूले समुदायको सुखदु:खको साथीका रूपमा रहेका सामुदायिक रेडियोको प्रवर्द्धनमा सरकारले रचनात्मक सहयोग नगरेको गुनासो गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले समाज रूपान्तरणका लागि सामुदायिक रेडियोको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै सामुदायिक …

पुरा पढ्नुहॊस »

पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडाैं । पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । म‌ंगलबार साँझ जिल्लाको तिनाउ गाउँपालिका-६ स्थित जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हाे । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख सहितको टोली जाँदै गरेकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवर्ण श्रेष्ठले जानकारी दिए । यात्रुहरू बोकेको लु ख १ ज २३७१ नम्बरको जिप डुम्रेबाट शिखरडाँडा जाँदै गर्दा मंगलबार साँझ दुर्घटना भएको हो । मृतक र घाइतेको पहिचान …

पुरा पढ्नुहॊस »

सिन्धुलीमा कोरिया-नेपाल मोडेल डेरी भिलेज सञ्चालन, होलिस्टाइन जातको बाच्छी हस्तान्तरण

काठमाडाैं । सिन्धुली को कमलामाई नगरपालिका–५ मा कोरिया–नेपाल मोडेल डेरी भिलेजको उद्घाटन गरिएको छ। नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क तेइ योङ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल र कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले संयुक्तरुपमा उक्त भिलेजको आज उद्घाटन गरे। भिलेज उद्घाटनको अवसरमा किसानलाई नेपालमा पहिलोपटक जन्मिएको होलिस्टाइन जातको बाच्छी हस्तान्तरण गरिएको छ। गत वर्ष पुसमा हेफर इन्टरनेशनल नेपालको सहयोगमा यहाँका ५० परिवारलाई होलिस्टाइन जातका गाई वितरण गरिएको …

पुरा पढ्नुहॊस »

८ महिने बालकको पछारेर हत्या

काठमाडाैं । झापामा आठ महिनाका बालकको हत्या भएको छ । हत्या आरोपमा दमक नगरपालिका-३ बेलडाँगी भुटानी शिविर सेक्टर बी ४ हट नम्बर ४३२ बस्ने ५० वर्षीय पञ्चवीर घिसिङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको छोरा आठ महिनाको एरित ओलीलाई घिसिङले पछारेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पछार्दा तत्काल बेहोस भएका ती बालकको दमक अस्पताल हुँदै किओच बाल अस्पताल …

पुरा पढ्नुहॊस »

डीएसपी घिमिरे बने ‘पुलिस अफ द मन्थ’

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे ‘पुलिस अफ दी मन्थ’ घोषित भएका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले घिमिरेलाई कार्यरत कर्मचारीमध्ये माघ महिनाको सर्वोत्कृष्ट घोषणा गरेको थियो। डीएसपी घिमिरे नेतृत्वको टोलीले लागुऔषध मुद्दाका प्रतिवादीलाई भगाएका जवानलाई १५ वर्षपछि पक्राउ गरेको थियो ।

पुरा पढ्नुहॊस »

डा आनन्द प्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य मनोनित

काठमाडौं । वरिष्ठ रेडियोलोजिष्ट डा.आनन्द प्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य (सिनेटर) मा मनोनित भएका छन् । प्रतिष्ठान सभाको गत माघ १४ गते बसेको बाह्रौ बैठकले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा७ उप–दफा (२) (न) मा व्यवस्था भए बमोजिम तीन वर्षका लागि प्रतिष्ठान सभा सदस्यमा मनोनित गरेको हो । अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजबाट रेडियोलोजीमा विशेषज्ञता हासिल गरेका तथा चिकित्सा क्षेत्रमा चार दशकभन्दा बढीको …

पुरा पढ्नुहॊस »

सहकारी पीडितलाई छिटो न्याय दिन चाहान्छु : सभापति लामिछाने

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी र लघुवित्तका समस्या समाधानका उपायबारे तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएको छ । बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव पत्र बुझाएको हो । प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै रास्वपाको टोलीले सहकारीबाट लाखौं बचतकर्ताहरू ठगिएकाले सरकारले कदम चाल्न आग्रह गरेको छ ।सुझावपत्र बुझ्दै जवाफमा प्रधानमन्त्री प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय …

पुरा पढ्नुहॊस »