राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौंं ।  राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदैछ । उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिन लागिएको हो ।

निर्वाचन आयोगका अनुसार पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभामा रिक्त १९ पदका लागि मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिन मतगणना गरिनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री