तीन महिनाअघि आमा गुमाएका मन्त्री लिम्बूलाई पत्नी शोक

काठमाडाैं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नी शाेक परेको छ । मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको बिहीबार  ५८ वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि कलेजोको क्यान्सरबाट पीडित लिम्बूको मोरङको लेटाङ-६ , गुवाबारी स्थित आफ्नै घरमा निधन भएको हो ।

लिम्बुको पार्थिव शरीर लिम्बू परम्परा अनुसार शुक्रवार अन्त्येष्टि गरिने मन्त्री लिम्बूका स्वकीय सचिव साजन कुँवरले बताए । लिम्बूका १ छोरा र १ छोरी छन् ।

मन्त्री लिम्बूकी आमाको गत असोज २६ गते मृत्यु भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नआत्तिनुहोस्, आर्थिक सुधारको काम हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस