समाचार

राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका आज उम्मेदवारी मनोनयन पत्र दर्ता कार्यक्रम हुँदैछ । उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

पुरा पढ्नुहॊस »

त्रिविको उपकुलपतिको लागि दोस्रो आवेदन माग (सूचनासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो । यसअघि पहिलो पटक आह्वान गरिएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गनुपर्नेलगायत विभिन्न मापदण्ड तोकिएको थियो । चौतर्फी विरोध भएपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुुलपति पुुष्पकमल दाहाल …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने र स्वादिष्ट भोजन मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

कांग्रेसले टुङ्ग्यायो उम्मेदवार, को-को परे ? (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि १० जना उम्मेदवारको टुंगो लगाएको छ । गएराति अबेरसम्म बसेको कांग्रेस पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाएको हो । कांग्रेसमा संस्थापन र इतर समूहबीच भागबन्डा नमिल्दा उम्मेदवार छनोटमा ढिलाइ भएको थियो । कांग्रेसले कोशीमा कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाएको छ । उनलाई अन्य समूहबाट उम्मेदवार बनाइएको हो । यस्तै, मधेसमा आनन्दप्रसाद ढुंगाना (अन्य), बागमतीमा जितजंग बस्नेत (अन्य) र विष्णुकुमारी पुडासैनी (महिला) उम्मेदवार बनेका छन् । …

पुरा पढ्नुहॊस »

देशभरको तापक्रममा गिरावट, चिसोबाट बच्न अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । …

पुरा पढ्नुहॊस »

राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा आइतबार अन्तिम नामावली प्रकाशन भइसकेको निर्वाचन आयोगले जनाएको हो । आयोगका अनुसार सातवटै प्रदेशमा प्रदेश सभाका मतदाता ५४९ रहेका छन् भने स्थानीय तहका १४९८ रहेका छन् । जसमा प्रदेश सभामा प्रति मतदाताको ५३ मतभारका दरले जम्मा मतभार २९ हजार ९७ रहेको छ भने स्थानीय तहको प्रति मतदाताको १९ मतभारका दरले जम्मा …

पुरा पढ्नुहॊस »

देश छाड्दै युवा, १० लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिन बाँझो

काठमाडौं । नेपालमा खेतीयोग्य जमिनमध्ये करिब १० लाख ३० हजार हेक्टर क्षेत्रफल बाँझो रहेको पाइएको छ । सरकारी तथ्यांक अनुसार नेपालको कुल खेतीयोग्य जग्गा ४१ लाख २१ हजार हेक्टरमध्ये हाल ३० लाख ९१ हजार हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिन्छ । खेतीयोग्य भूमिमध्ये १० लाख ३० हेक्टर जमिन अझै बाँझो रहेको हो । कृषि क्षेत्रमा लगानीअनुसार फाइदा नहुने देखिएपछि कृषि पेसाबाट पलायन हुने अवस्था बढ्दै गएको वरिष्ठ कृषि अर्थ विज्ञ डा. …

पुरा पढ्नुहॊस »

देउवासँग भागबन्डा नमिलेपछि शेखर-गगनको छुट्टै भेला

काठमाडौं । राष्ट्रिय सभामा संस्थापनसँग भागबन्डा नमिलेपछि कांग्रेसको संस्थापनइतर पक्ष छुट्टै छलफलमा जुटेको छ । सत्ता गठबन्धनमा १० सिट लिने समझदारी भए पनि आफूहरूलाई कम सिट दिन खोजेकोमा असन्तुष्टि जनाउँदै कांग्रेसको शेखर पक्ष छुट्टै छलफलमा जुटेको हो । नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षका नेताहरूको भेला बालुवाटारस्थित शेखर कोइरालाको सम्पर्क कार्यालयमा चलिरहेको छ । सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा संस्थापन इतरले ४ सिट मागेको थियो । तर, …

पुरा पढ्नुहॊस »

एमालेबाट राष्ट्रिय सभामा को-को बने उम्मेदवार ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि आफ्ना १९ उम्मेदवारको टुंगो लगाएको छ । एमालेले कोशी प्रदेशबाट अन्यतर्फ भोजपुरका परशुराम अधिकारी र महिलातर्फ सुनसरीकी रूक्मिणी चौधरीलाई उम्मेदवार बनाएको छ । एमालेले बागमतीमा महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मालाई एमालेले उम्मेदवार बनाएको छ । त्यस्तै अपाङ्गतातर्फ विवेक देवकोटा उम्मेदवार बनाएको छ भने अन्यतर्फ चितवनका त्रिलोचन निर्मल पौडेललाई उम्मेदवार बनाएको छ । त्यसैगरी मधेश प्रदेशबाट अन्यतर्फ …

पुरा पढ्नुहॊस »

केकमा गाँजा राखेर अनलाइनमार्फत बिक्री गर्ने मानन्धर घट्टेकुलोबाट पक्राउ

काठमाडौं । नयाँ तरिकाबाट अवैध लागुऔषध गाँजाको बिक्री वितरण हुने गरेको तथ्य रहश्य खुलेको छ । केकमा गाँजा मिसाएर अनलाइनमार्फत बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–२९ घट्टेकुलोका २६ वर्षीय विशन मानन्धर छन् । उनलाई शुक्रबार लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले घरैबाट पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा बम्ब डट ओआएनजी अण्डर स्कोर नामक अकाउन्ट बनाइ अवैध रुपमा विज्ञापन गर्दै अनलाइनमार्फत् गाँजाको …

पुरा पढ्नुहॊस »