समाचार

रुसी सेनामा भर्ना भएका प्युठानका युवकको मृत्यु

काठमाडौं । रुसी सेनामा आवद्ध थप एक नेपाली युवकको ज्यान गएको छ । प्युठान नगरपालिका-४ काठेवर निवासी सोमेश सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको प्युठान नगरपालिका उपप्रमुख देवेन्द्र वर्मादे जानकारी दिएका छन् । नेपाली कांग्रेस, प्युठानका उपसभापतिसमे रहेका वर्माले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन् ।

पुरा पढ्नुहॊस »

तपस्वी बमजनलाई थुनामा पठाउन जिल्ला अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत सर्लाहीले तपस्वी रामबहादुर बमजनलाई थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बिहीबार उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो । अदालतमा बमजनले १२/१४ वर्षीय किशोरीलाई बलात्कार र यौन दुरूपयोग गरेको मुद्दामा सुनुवाइ भएको थियो । सोही अभियोगमा पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुधवार राति सर्लाही पठाएको थियो । उनी विरुद्ध तीन जिल्लामा मानिस बेपत्ता पारेको तथा …

पुरा पढ्नुहॊस »

पहिचान खुलाउनेविरूद्ध गौशाला २६ ले दिइन् साइबर ब्युरोमा जाहेरी

काठमाडौं । बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै पहिचान खुलाउनेविरूद्ध गौशाला २६ ले नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएकी छन् । गौशाला २६ ले दुईवटा कसुरमा अनुसन्धान गरिदिन ६ वटा सामाजिक सञ्जालका पेजको नाम उल्लेख गर्दै जाहेरी दिएकी हुन् । यसबारे साइबर ब्युरोले अनुसन्धान गरी पहिचान खुलाउने व्यक्तिहरूको खोजी भइरहेको एसपी पशुपतिकुमार रायले जानकारी दिए । ‘हाम्रोमा एउटा जाहेरी परेको छ। हामीले यसमा संलग्न व्यक्तिहरूको पहिचान …

पुरा पढ्नुहॊस »

‘विवाह लाइसेन्स’ को व्यवस्था गर्न आरजुको माग

काठमाडौं । नेपाली काँग्रेसकी नेत्री एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन् । बिहीवार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै नेत्री राणाले सानै उमेरमा हुने विवाह रोक्नका लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी हुन् । सभापति राणाले भनिन्, ‘विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने …

पुरा पढ्नुहॊस »

अदालतमा बमजनको बयान सुरु, थुनछेक आदेश हुने

काठमाडौं । जिल्ला अदालत सर्लाहीमा तपस्वी रामबहादुर बमजनको बयान सुरु भएको छ । यसअघि फरार रहेका कारण उनको बयान नगराई अदालतमा अभियोग दायर गरिएको थियो । आफ्नै अनुयायीलाई यौन शोषण तथा जबरजस्ती करणी गरेको अभियोग उनी विरुद्ध लागेको छ । सोही अभियोगमा पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुधवार राति सर्लाही पठाएको थियो । जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतमा उपस्थित गराएसँगै बमजनको बयान सुरु भएको प्रहरीले जानकारी …

पुरा पढ्नुहॊस »

सर्लाही पुर्‍याइएका बमजनलाई आज अदालतमा पेश गरिने

काठमाडौं । काठमाडौंमा बुधबार पक्राउ परेका कथित तपस्वी रामबहादुर बमजनलाई सर्लाही लगिएको छ । हत्या र बलात्कार आरोपमा पक्राउ परेका बमजनलाई राति साढे १ बजे सर्लाही पुर्‍याइएको हो । उनीविरुद्ध सर्लाहीमा उजुरी परेका कारण उता लगिएको हो । आज उनलाई सर्लाही जिल्ला अदालतमा पेश गरेर हिरासतमा राख्नका लागि अनुमति लिने तयारी प्रहरीको छ । नेपाल प्रहरीले बमजन र उनको निवासबाट बरामद गरेको ठूलो परिमाणको नगद हिजो सार्वजनिक गरेको थियो । …

पुरा पढ्नुहॊस »

अमेरिका पठाइदिन्छु भन्दै साढे २३ लाख ठगेको आरोपमा महिला पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छु भनी साढे २३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महत पक्राउ परेका हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार भंगाल चपलीबाट पक्राउ गरेको हो । महतले अमरबहादुर पुनलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भनी २३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ । अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम …

पुरा पढ्नुहॊस »

दुर्घटनामा परी भीमदत्त-६ का वडाध्यक्ष खड्काको मृत्यु

काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष महेन्द्र खड्काको मृत्यु भएको छ । बुधबार राति उनले चलाएको म१प ४८५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको हो । भीमदत्त नगरपालिकाका प्रवक्ता समेत रहेका उनी वडाको ऐठपुर क्षेत्र नहर किनारमा बिहीबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।

पुरा पढ्नुहॊस »

मदन पुरस्कार विजेता पूर्वडीआईजी महेशविक्रम शाहलाई ३ वर्ष कैद

काठमाडाैं । नेपाल प्रहरीका पूर्व डीआईजी महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय भएको छ । मदन पुरस्कार विजेतासमेत रहेका साहित्यकार शाहलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सजाय निर्धारण गरेको हो । विशेष अदालतले यसअघि नै भ्रष्टाचार मुद्दामा उनीसहित दुई जना दोषी ठहर गरिसकेको थियो । बुधबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, सदस्य तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सजाय निर्धारण गरेको हो । क्षेत्रीय तालिम प्रहरी कार्यालय …

पुरा पढ्नुहॊस »

राष्ट्रियसभा निर्वाचन : उजुरी छानबिनपछि उम्मेदवारको नामावली प्रकाशित हुँदै

काठमाडौँ । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको बिहीबार नामावली प्रकाशित हुँदैछ । राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि सोमबार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए । उजुरीको जाँचबुझ सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको छ । भोलि नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् । भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले …

पुरा पढ्नुहॊस »