समाचार

त्रिभुवन विमानस्थलमा सयौं यात्रु अलपत्र

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मालिन्दो एयरको जहाज दुर्घटना भएपछि आन्तरिक उडान पनि ठप्प भएको छ । आन्तरिक टर्मिनलमा सयौं यात्रुहरु अलपत्र परेका छन् । उनीहरु छिटो उडानको प्रतिक्षामा छन् । उनीहरु आफन्तहरुलाई टेलिफोन गर्दै उडान हुन नसक्दा भोग्नुपरेको समस्याबारे जानकारी गराइरहेको देखिन्छन् । चिनजानका व्यक्तिहरुलाई टेलिफोन गर्दै कतिबेला उडान होला भनेर जिज्ञासा राखिरहेका छन् । विमानस्थल प्रहरीका अनुसार उडान अवतरण कति बेलाबाट सुरु हुन्छ भनेर एकीनका साथ भन्न सकिने …

पुरा पढ्नुहॊस »

शारीरिक सम्बन्धपछि प्रेमिकाको हत्या

रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका–६ की १५ वर्षीया किशोरी रीता हरिजनको हत्या गर्ने अभियुक्त पक्राउ परेका छन । प्रहरीका अनुसार स्थानीय १८ वर्षीय युवक प्रेम सागर केवटसँग विगत तीन वर्षदेखि उनी प्रेम सम्बन्धमा थिइन् । युवकले प्रहरीलाई दिएको बयान अनुसार गत ३ बैशाखमा युवतीसँगै उनले रात विताए । त्यस दिन राति उनीहरुबीच शारीरिक सम्बन्ध पनि भयो । ‘सम्बन्ध राखेको भोलिपल्ट बिहानै उसैका कपालले घाँटी कसेर हत्या गरेको बयान  दिएका छन …

पुरा पढ्नुहॊस »

बिस्केट जात्रामा खटिएका प्रहरीमाथि ढुंगामुढा गर्ने १३ जना नियन्त्रणमा

काठमाडौं । भक्तपुरको बिस्केट जात्रामा खटिएका प्रहरीमाथि ढुंगामुढा गर्ने १३ जनालाई नियन्त्रणमा लिइएको छ । भक्तपुरका सुरक्षा अधिकृत प्रहरी निरीक्षक मदन केसीले जात्राको ढुंगामुढा गर्ने र खुकुरी देखाउने १३ जनालाई तौमडीचोक र पाँचतलेबाट नियन्त्रणमा लिइएको जानकारी दिए । प्रहरीले हुलदंगामा संलग्न भक्तपुर नगरपालिका २ खसीबजार बस्ने २२ वर्षीय विजय सुवाल, सोही स्थानका सुमन कासुल्ला, भक्तपुर नगरपालिका १० का मनिस मकाजु र भक्तपुर नगरपालिका ४ का मनिस छुका , सन्नी छुका, अर्जुन …

पुरा पढ्नुहॊस »

मन्त्री गोकर्ण विष्टले भने, पार्टी बिर्सनुस् अब युवाले अरबमा भेंडा चराउनु पर्दैन

गुल्मी । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सरकार सामाजिक न्याय सहितको समृद्धि प्राप्त गर्न यो सरकार नँया ढङ्गले अगाडी बढ्न चाहेको बताएका छन् । गुल्मीको मुसिकोट नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले कृषि, शिक्षा स्वास्थ्य, रोजगारी लगायतका सामाजिक बिकासका क्षेत्रमा नया ढङ्गले नीति तथा कार्यक्रम बनाई जनताको सेवा गर्न खुलाएका छन् । विष्टले कुनैपनि व्यक्ति मन्त्री बन्दैमा जनताको जीवन बद्लीन नसक्ने बताउँदै जीवन बदल्न नया ढङ्गले काम गर्नुपर्ने …

पुरा पढ्नुहॊस »

ट्याक्सी मिटरमा हिँड्न मानेन, तुरुन्तै हटलाइन १०३ मा कल गर्नुस्

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सीलार्इ धमाधम कारबाही गर्न थालेकाे छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको वताएकाे छ।  महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको न्यूज दैनिकलार्इ वताए । पहिले दैनिक १५/२० ट्याक्सी कारबाहीमा पर्ने गरेकाे भएतापनि अहिले भने कारबाही बढेको छ उनले वताए। ट्याक्सी मिटरमा हिँड्न नमाने हटलाइन …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई द्रोस्रो राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४” हुने

काठमाडौं । राष्ट्रिय फोटोपत्रकार समुहद्धारा आयोजना गरीएको राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४ को लागि मुख्य प्रायोजन ग्लोबल आइएमई बैंकले गर्ने भएको छ ।   उक्त कार्यक्रमको नाम “ग्लोबल आइएमई राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४” हुने छ । साथै लाइफटाइम अचिभमेन्ट फोटोपत्रकारिता अवार्ड विधा पनि ग्लोबल आइएमई वैकको नामवाट वितरण गरिने भएको छ । औपचारिक रुपमा आयोजक संस्थाका संयोजक प्रदिपराज वन्त र प्रायोजक संस्थाको तर्फवाट प्रमुख वजार व्ययस्थापक गणेश अवस्थी विच सम्झौतापत्रमा हस्ताक्षर भएको छ …

पुरा पढ्नुहॊस »

कर्मचारी सञ्चय कोषको प्रशासकमा तुलसी गौतम नियुक्त

काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको प्रशासकमा तुलसीप्रसाद गौतमलाई नियुक्त गरेको छ ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई कोषको प्रशासकमा नियुक्त गरेको हो । गौतमले अब ५ बर्ष कोषको कमाण्ड सम्हाल्नेछन् । २०४७ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका गौतम सात वर्षदेखि सहसचिवका रुपमा कार्यरत थिए । जनप्रशासन विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गौतमले भारतको मुम्बईबाट जनसंख्या अध्ययनमा समेत पोष्ट ग्रयाजुयट डिप्लोमा गरेका छन् । न्युजिल्यान्डबाट रणनीति व्यवस्थापनमा स्नातकोत्तर तथा त्यहीँबाट …

पुरा पढ्नुहॊस »

६८ वर्ष लामो युद्ध अन्त्यको घोषणा गर्दै उत्तर र दक्षिण कोरिया

काठमाडौं । उत्तर र दक्षिण कोरियाले दुई देशबीच जारी ६८ वर्षे लामो युद्ध अन्त्य गर्नेबारे छलफल थालेको रिपोर्ट बाहिरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच औपचारिक भेटवार्ता हुनुअघि नै यस्तो घोषणा हुने अनुमान छ । उत्तर र दक्षिण कोरियाबीच आउँदो हप्ता शिखर सम्मेलन हुने तय भएको छ । यही शिखर सम्मेलनबाट ६८ वर्ष लामो युद्ध अन्त्यको चामत्कारिक घोषणा हुनसक्ने समाचारमा उल्लेख छ । …

पुरा पढ्नुहॊस »

काठमाडौंमै बन्ने भयो अन्तर्राष्ट्रिय क्रिकेट मैदान

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट मैदान काठमाडौंमै बन्ने भएको छ । उपत्यका बाहिर जग्गा हेर्ने काम भए पनि सुविधा सम्पन्न स्थान काठमाडौं उपत्यका नै भएकाले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्ने भएको हो । काठमाडौं उपत्यका भनिए पनि कुन ठाउँ भनेर अहिलेसम्म खुलाइएको छैन । भक्तपुर, गोदावरी, जोरपाटी र चपलीमा जग्गा हेरिएको र त्यसमध्ये एक ठाउँमा यसै साताभित्र सहमति बन्ने बताइएको छ ।

पुरा पढ्नुहॊस »

अपराध महाशाखाको जिम्मेवारी सिंहलाई

काठमाडौं । महानगरीय अपराध महाशाखाको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धीरजप्रताप सिंह अाएका छन् । गृह मन्त्रालयले संघीय प्रहरी कार्यालय बाग्मतीमा कार्यरत उनलाई अपराध महाशाखा प्रमुखको जिम्मेवारी दिएको हो । यसअघि अपराध महाशाखाको प्रमुखको जिम्मेवारी एसएसपी दिवेश लोहनीले सम्हाल्दै आएका थिए । साढे ३३ किलो सुनकाण्डमा लोहनीसहित प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रजित केसी र प्रहरी नायब निरीक्षक (सर्इ) बालकृष्ण सञ्जेल प्रहरी मुख्यालय तानिएका थिए । वैशाख २ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सिंहलाई …

पुरा पढ्नुहॊस »