रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका–६ की १५ वर्षीया किशोरी रीता हरिजनको हत्या गर्ने अभियुक्त पक्राउ परेका छन ।
प्रहरीका अनुसार स्थानीय १८ वर्षीय युवक प्रेम सागर केवटसँग विगत तीन वर्षदेखि उनी प्रेम सम्बन्धमा थिइन् । युवकले प्रहरीलाई दिएको बयान अनुसार गत ३ बैशाखमा युवतीसँगै उनले रात विताए । त्यस दिन राति उनीहरुबीच शारीरिक सम्बन्ध पनि भयो । ‘सम्बन्ध राखेको भोलिपल्ट बिहानै उसैका कपालले घाँटी कसेर हत्या गरेको बयान दिएका छन ।
मृतक किशोरी सोमबार राति करिब ९ बजे घरबाट वेपत्ता भएकी थिइन । मंगलबार बिहान ८ बजे ओमसतिया गाउँपालिका–६ स्थित खाली खेतमा किशोरीलाई मृत अवस्थामा फेला पारेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यालय धकधईलाई जानकारी गराएका थिए ।
प्रतिकृया दिनुहॊस