काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको प्रशासकमा तुलसीप्रसाद गौतमलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई कोषको प्रशासकमा नियुक्त गरेको हो । गौतमले अब ५ बर्ष कोषको कमाण्ड सम्हाल्नेछन् ।
२०४७ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका गौतम सात वर्षदेखि सहसचिवका रुपमा कार्यरत थिए । जनप्रशासन विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गौतमले भारतको मुम्बईबाट जनसंख्या अध्ययनमा समेत पोष्ट ग्रयाजुयट डिप्लोमा गरेका छन् ।
न्युजिल्यान्डबाट रणनीति व्यवस्थापनमा स्नातकोत्तर तथा त्यहीँबाट मानव स्रोत व्यवस्थापनमा पोष्ट ग्रयाजुयट गौतम मोरङका स्थायीवासिन्दा हुन् ।
प्रतिकृया दिनुहॊस