मन्त्री गोकर्ण विष्टले भने, पार्टी बिर्सनुस् अब युवाले अरबमा भेंडा चराउनु पर्दैन

गुल्मी । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सरकार सामाजिक न्याय सहितको समृद्धि प्राप्त गर्न यो सरकार नँया ढङ्गले अगाडी बढ्न चाहेको बताएका छन् । गुल्मीको मुसिकोट नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले कृषि, शिक्षा स्वास्थ्य, रोजगारी लगायतका सामाजिक बिकासका क्षेत्रमा नया ढङ्गले नीति तथा कार्यक्रम बनाई जनताको सेवा गर्न खुलाएका छन् । विष्टले कुनैपनि व्यक्ति मन्त्री बन्दैमा जनताको जीवन बद्लीन नसक्ने बताउँदै जीवन बदल्न नया ढङ्गले काम गर्नुपर्ने जानकारी गराए ।

‘एक व्यक्ति मन्त्री हुँदैमा जनताको जीवन बदलिदैन’ उनले भने ‘जीवन बदल्न नयाँ ढङ्गले जीवन बदल्ने अभियान चलाउनु जरुरी छ’ । उनले खान नपाएर भोकै बसिरहेको गरीब, दलीत, पिछडिएको परिवारको विकासको निम्ति अब आधार तयार गर्ने बताए ।

 

अब युवाहरु अरबमा भेडा चराउनु पर्दैन’

मन्त्री विष्टले देशमा पर्याप्त रोजगारी सिर्जना गर्ने बताएका  छन् । ‘अब युवाहरु अरबमा युवाहरु भेडा चराउन पर्देन’ उनले भने ‘गाउँमै हजारौ रोजगारी सिर्जना गरी युवाहरुलाइ देशमै लगाउँछौ’ । मन्त्री विष्टले गुल्मीका दर्जन सडकहरुको स्तरोन्नती गरेर प्रत्येक जनताको घरमा केन्द्रिय बिद्युत, हरेक घरमा खानेपानीका धारा, खरका छाना हटाइ सुरक्षित आवास दिन, किसानका खेतमा सिँचाइ लगायतका व्यवस्था गर्न नया ढँगल अगाडी बढ्न खोजीरहेको बताएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। …

प्रतिकृया दिनुहॊस