समाचार

आज गणतन्त्र दिवसकाे १० वर्ष पूरा, जनताका सपना अपुरा

काठमाडौं । आज मुलुकभर गणतन्त्र दिवस मनाइदैछ । २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट स्थापित गणतन्त्र आजदेखि ११ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनार्इंदैछ । २०६२/०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो । यस्तै अाराेह र अवराेहका वीच २०६४ सालको चैत्रमा सम्पन्न संविधानसभा निर्वाचन तथा त्यसपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको …

पुरा पढ्नुहॊस »

कैद माफी पाएपछि जेलबाट छुटे बालकृष्ण ढुंगेल

काठमाडौं । द्वन्द्वकालीन मुद्दामा जेल परेका बालकृष्ण ढुंगेल रिहा भएका छन् । ढुंगेल मंगलबार बिहान डिल्लीबजार कारागारबाट छुटेका हुन् । गणतन्त्रको अवसरमा सरकारले ढुंगेलसँगै अन्य ८१६ कैदी–बन्दीको कैद मिनाह गर्न सिफारिस गरेको थियो । राष्ट्रपतिले सरकारको सिफारिस अनुमोदन गरेसँगै ढुंगेल रिहा भएका हुन् । ढुंगेललाई स्वागत गर्न मंगलबार बिहानै नेकपाकी केन्द्रीय सदस्य देवी खड्का, विद्यार्थी, युवा संगठनका नेताहरु डिल्लीबजार कारागार पुगेका थिए । समर्थकले उनलाई माला लगाएर स्वागत गरे भने …

पुरा पढ्नुहॊस »

दक्षिण कोरियासँग श्रम समझदारी नवीकरण

काठमाडौं । सरकारले दक्षिण कोरियासँग भएको श्रम समझदारी नवीकरण गर्ने निर्णय गरेको छ । दक्षिण कोरियासँग नेपालले हरेक दुई-दुई वर्ष श्रम नवीकरण गर्दै आएको छ । यसपटकको श्रम समझदारी सकिन लागेकाले आइतबार राति बसेको मन्त्रिपरिषद बैठकले नवीकरण गर्ने निर्णय गरेको हो । गणतन्त्र कोरिया नेपालको आकर्षक श्रम गन्तव्य हो । ईपीएस भाषा परीक्षा पास गरेर हरेक वर्ष नेपालीहरु काम गर्न कोरिया जाने गरेका छन् । मन्त्रिपरिषदको बैठकले श्रम नियमावली २०७५ …

पुरा पढ्नुहॊस »

नेपाल प्रेस युनियनको २७ औं वार्षिकोत्सव मनार्इयाे

काठमाडौं ।नेपाल प्रेस युनियनले २७ औं वार्षिकोत्सव मनाएको छ ।नेपाली कांग्रेसका  सभापति शेरबहादुर देउवाले नेपाल प्रेस युनियनको  स्थापना दिवसको  अवसरमा आयोजित कार्यक्रममा कसैले गेट आउट भन्दैमा या रहर गर्र्दैमा सभापति पद नछाड्ने स्पष्ट पार्नुभएको  छ । आफू निर्वाचित पार्टी सभापति भएको भन्दै पार्टी भित्र एकता हुनुपर्छ भन्नेमा नै बिश्वास राख्ने भन्दै अवको तीन बर्षभित्र महाधिवेशन हुने बताउनुभयो । स्वभावले नै नेतृत्व पार्टीको गुट अन्त्यको पक्षमा रहेको भएपनि त्यस्तो वातावरण बन्न नसकेको …

पुरा पढ्नुहॊस »

धरहरा आसपासका एक होटल र १३ सटर भत्काइयो

काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले शनिबार धरहरा आसपासको एक होटलसहित १३ वटा सटर भत्काएको छ । काठमाडौं महानगरपालिका, नगरकार्यपालिको गत बिहीबार बसेको बैठकको निर्णयअनुसार होटल धरहरा हाउस क्याफेसहित १३ ओटा सटर भत्काइएको हो ।धरहरा सञ्चालनसम्बन्धी साइड वाकर्ससँग भएको सम्झौताको मूल विषय २०७२ सालको भूकम्पको क्षतिसँगै समाप्त भएको नगरकार्यपालिका बैठकको निष्कर्षसहित यस क्षेत्रमा रहेका रेष्टुरेन्ट, पसल, टहरा, जस्ता भौतिक संरचना भत्काइएको कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । उनले भने, “व्यवसायीलाई दुःख दिनु कामपाको …

पुरा पढ्नुहॊस »

८२ हजारले कोरियन भाषा परीक्षा दिँदै, यस्ता छन् परीक्षार्थीले जान्नैपर्ने कुरा

काठमाडौं । सन् २०१९का लागि कोरियन भाषा परीक्षा आगामी असार २६ र २७ गते सञ्चालन हुँदैछ । यो वर्ष ८२ हजार २३५ जना परीक्षार्थीले ईपीएस कोरियन भाषा परीक्षा दिँदैछन् । जसमध्ये ६० हजारले काठमाडौंबाट परीक्षा दिने छन् भने १२ हजार परीक्षार्थीलाई पोखराबाटै परीक्षा दिने व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले अनलाइनखबरलाई जानकारी दिए । यसका लागि काठमाडौंमा १६, ललितपुरमा ८ र पोखरामा ४ वटा परीक्षा केन्द्र तोकिएका छन् …

पुरा पढ्नुहॊस »

काठमाडौंमै भेटियो बर्डफ्लु

काठमाडौं । काठमाडौंको  धर्मस्थलीमा रहेको दुईवटा पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बर्डफलु भेटिएकोपछि राजधानीमा सर्तकता अफ्नाइएको छ । राजधानी बाहिरबाट काठमाडौ भित्रने र राजधानीका वरिपरि पालिएका कुखुरा फर्मबाट कुखुरा नउठाउन पनि सरकारले निर्देशन दिएको छ ।

पुरा पढ्नुहॊस »

सांसदका श्रीमानमाथि बुहारी करणी गर्न खोजेको आरोप, प्रहरीले समात्यो

वीरगञ्ज । सांसद् शेख चाँद ताराका श्रीमान् शेष मन्सुर बाबु जबर्जस्ती करणी गर्न खाेजेकाे आरोपमा पक्राउ परेका छन् । कानुन व्यावसायीसमेत रहेका शेष मन्सुरलाई प्रहरीले नातामा बुहारी पर्नेमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरेको हो । शेष ०७४ पुस २८ गते उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता भएपछि फरार थिए । पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जिल्ला प्रहरी कार्यालय, पर्सामा दर्ता भएको जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त मन्सुरबाबुलाई …

पुरा पढ्नुहॊस »

धनाढ्यको सूचीमा शेष घले ८१ औं नम्बरमा

काठमाडौं । गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । गत वर्ष धनाढ्य सूचीमा १०१ औं स्थानमा रहेका घले दम्पती यस वर्ष २० औं स्थान माथि उक्लिदै ८१ औं स्थानमा पर्न सफल भएका हुन्। अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने  ‘फाइनान्सियल रिभ्यु म्यागेजिन’ले सार्वजनिक गरेको सन् २०१८ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले दम्पत्ति ८१ औं स्थानमा पर्न सफल  …

पुरा पढ्नुहॊस »

गोरेको बयान दोस्रो दिन पनि जारी

मोरङ ।  चर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उपे्रतीको विराटनगरस्थित मोरङ जिल्ला अदालतमा दोश्रो दिन पनि बयान शुरु गरिएको छ । जिल्ला न्यायाधिस नारायण प्रसाद शर्माको इजलाशमा उनको बुधवारदेखि बयान शुरु गरिएकोमा बयान नसकिएपछि बिहीवार पनि बयान शुरु भएको मोरङ जिल्ला अदालतले जनाएको छ।उनलाई कडा सुरक्षाबीच अदालतमा ल्याइएको छ ।

पुरा पढ्नुहॊस »