काठमाडौं । काठमाडौँ महानगरपालिकाले शनिबार धरहरा आसपासको एक होटलसहित १३ वटा सटर भत्काएको छ । काठमाडौं महानगरपालिका, नगरकार्यपालिको गत बिहीबार बसेको बैठकको निर्णयअनुसार होटल धरहरा हाउस क्याफेसहित १३ ओटा सटर भत्काइएको हो ।धरहरा सञ्चालनसम्बन्धी साइड वाकर्ससँग भएको सम्झौताको मूल विषय २०७२ सालको भूकम्पको क्षतिसँगै समाप्त भएको नगरकार्यपालिका बैठकको निष्कर्षसहित यस क्षेत्रमा रहेका रेष्टुरेन्ट, पसल, टहरा, जस्ता भौतिक संरचना भत्काइएको कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । उनले भने, “व्यवसायीलाई दुःख दिनु कामपाको उद्देश्य होइन, धरहरा पुनः निर्माणको लागि खाली गर्नु परेको हो ।”
यॊ पनि हेर्नुहॊस
प्रवेशाज्ञा बिना नेपाल पसेका बंगलादेशी पक्राउ
काठमाडाैं । प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका …
प्रतिकृया दिनुहॊस