जहाँका जनप्रतिनिधि कार्यालय जान्छन् तुइन चढेर

काठमाडाैँ । तुइनको भरमा कर्णाली तरेर हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष कार्यालय आवतजावत गर्छन्।  उनीसँगै तीनवटा वडाका बासिन्दा मात्र होइन, छिमेकी विभिन्न गाउँपालिकाका जनप्रतिनिधि पनि तुइनमै कर्णाली वारपार गर्छन्। गाउँपालिका कार्यालय आवतजावत गर्न तुइनकै भर रहेको स्थानीय बासिन्दा मक्क रोकायाले बताए।

‘कर्णाली नदीमाथि तुइनमा यताउता गर्दा डर त लागिहाल्छ नि ! आङ सिरिङ हुन्छ,’ रोकायाले भने। दैनिक बिहान-बेलुका तुइनमा आवतजावत गर्दा समस्या हुने गरेको उनले बताए।

बिरामी र बालबालिकालाई तुइनमा ओहोरदोहोर गराउँदा झन् समस्या हुने गरेको स्थानीय बासिन्दा बताउँछन्। हुम्लाबाट नरजन तामाङले आजको नयाँ पत्रिका दैनिकमा यो खबर लेखेका छन्।
बालबालिका ढिलो गरी घर आउँदा नदीछेउमै पुग्ने गरेको स्थानीय रोकायाले सुनाए । ‘तुइन चुडिँइहाल्यो कि, केही भइहाल्यो कि भन्ने चिन्ता हुन्छ,’ उनले भने।

कर्णाली नदीमा पुल निर्माणका लागि स्थानीय बासिन्दाले जिल्लाका सबै सांसद तथा नेतालाई गुहार्दै आएका छन् । गाउँपालिकामा त हरेक दिन आग्रह गर्छन्। तैपनि कसैले वास्ता नगरेको उनीहरूको गुनासो छ।

गाउँपालिका अध्यक्ष कर्ण रावलले तीन वडाका बासिन्दाको गुनासो आफूले पनि दैनिक सुन्दै आएको बताए।

आफू पनि कर्णालीमा तुइन तरेरै गाउँपालिका कार्यालय जाने गरेको अध्यक्ष रावलले बताए । ‘म पनि तुइन तरेरै कार्यालय जान्छु । गाह्रो छ, पुल बनाउन कोसिस गरिरहेको छु,’ उनले भने।

यहाँका तीनै वडाका अध्यक्ष, सदस्यहरू पनि तुइनमै आवतजावत गर्ने गरेको उनले बताए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोप-२९ मा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) …

प्रतिकृया दिनुहॊस