समाचार

वन अधिकृत घुससहित रङ्गेहात पक्राउ

गलेश्वर । म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा सञ्चालन गरिएको सो अभियानअन्तर्गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले डिभिजन वन कार्यालयका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको हो। बेनी नगरपालिका–७ स्थित सवडिभिजन वन कार्यालयमा रहेको आवासगृहको कोठामा काठसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट रकम लिँदै गर्दा अख्तियारको टोलीले उक्त कार्यालयका सहायक वन अधिकृत …

पुरा पढ्नुहॊस »

बिसिजी खोप लगाउँदा एक महिने शिशुको मृत्यु, स्वास्थ्य स्वयंसेविका प्रहरी नियन्त्रणमा

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, शिवगञ्ज टोलमा बिसिजी खोप लगाउँदा एक महिने शिशुको बिहीबार मृत्यु भएको छ। खोपका कारण स्थानीय शिवु खत्वेको एक महिने छोरा शिवमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए। शिशुलाई दिउँसो १ बजेको समयमा स्वास्थ्यचौकी भोक्रहाबाट खटिएकी अनमी गोमा ढकालले बिसिजी खोप लगाएकी थिइन्। खोप लगाएको केही समयपछि बेहोस भएका शिशुलाई जिल्ला अस्पताल लगिएकामा उनको उपचारकै क्रममा मृत्यु भएको फुयाँलले बताए। …

पुरा पढ्नुहॊस »

नेकपा बैठकः नेताहरूको आचरणमा प्रश्न, महँगो हेलिकप्टर किन चढ्नुपऱ्यो?

काठमाडाैँ । नेकपाको स्थायी कमिटी बैठकमा बिहीबार नेताहरूको आचरण र जीवनशैलीमाथि प्रश्न उठेको छ। उनीहरूको जीवनशैली कम्युनिस्ट मूल्य मान्यताविपरीत देखिएको नेता अमृत बोहराले आरोप लगाए। पाँच दिनदेखि जारी बैठकमा बुधबारसम्म सरकार र पार्टी सञ्चालन शैलीको आलोचना हुँदै आएको थियो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू कम्युनिस्ट पार्टीकै रहेका बेला विवादमा परिरहेको भन्दै बोहराले प्रश्न गरेका थिए। आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ। ‘माक्र्सवादी लेनिनवादी विचारधारामा विश्वास गर्ने कम्युनिस्ट पार्टीका नेताहरूको जीवनशैली त्यहीअनुसार हुनुपर्छ, …

पुरा पढ्नुहॊस »

जहाँका जनप्रतिनिधि कार्यालय जान्छन् तुइन चढेर

काठमाडाैँ । तुइनको भरमा कर्णाली तरेर हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष कार्यालय आवतजावत गर्छन्।  उनीसँगै तीनवटा वडाका बासिन्दा मात्र होइन, छिमेकी विभिन्न गाउँपालिकाका जनप्रतिनिधि पनि तुइनमै कर्णाली वारपार गर्छन्। गाउँपालिका कार्यालय आवतजावत गर्न तुइनकै भर रहेको स्थानीय बासिन्दा मक्क रोकायाले बताए। ‘कर्णाली नदीमाथि तुइनमा यताउता गर्दा डर त लागिहाल्छ नि ! आङ सिरिङ हुन्छ,’ रोकायाले भने। दैनिक बिहान-बेलुका तुइनमा आवतजावत गर्दा समस्या हुने गरेको उनले बताए। बिरामी र बालबालिकालाई तुइनमा ओहोरदोहोर गराउँदा …

पुरा पढ्नुहॊस »

जाडोले कठ्याङ्ग्रिएर दुईजनाको मृत्यु

गौशाला । जाडोले महोत्तरीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिका–७ का ६२ वर्षीय सुकदेव ठाकुर र जलेश्वर नगरपालिका–५ का ५५ वर्षीया दुखनी कापर रहेका छन् । जाडोले बेहोस भएका ठाकुरको उपचारका क्रममा मृत्यु भएको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए । कापरको बुधबार घरमै कठ्याङ्ग्रिएर मृत्यु भएको जलेश्वर–५ का वडाध्यक्ष राकेश राउतले बताए । जलेश्वर नगरपालिकाका नगरप्रमुख रामशङ्कर मिश्रले उनको परिवारलाई रु १५ हजार सहयोग …

पुरा पढ्नुहॊस »

भोजपुरमा बलात्कारसहित अन्य मुद्दाका ५ जना जेल चलान

भोजपुर । भोजपुर जिल्ला अदालतले विभिन्न मुद्दाका ५ जनालाई जेल चलानकाे फैसला सुनाएको छ । जिल्ला अदालतले भोजपुरले अरुण गाउँपालिका–४ चरम्बीका १४ वर्षीय निशान नेपालीलाई त्यही ठाउँकी बालिकालाई करणी गरेको आरोपमा एक महिना कैद र रु ५० हजार जरिवानकोे फैसला सुनाएको छ । त्यसैगरी २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा अरुण गाउँपालिका–४ चरम्बीका सन्तोष विश्वकर्मालाई ६ वर्ष कैद र रु ५० हजार जरिवनाको फैसला गरेको छ । विश्वकर्माले गएकाे असोज ६ …

पुरा पढ्नुहॊस »

टिप्परको ठक्करबाट एक जनाको मृत्यु

बाँके । टिप्परको ठक्करबाट बर्दियाको बढैयाताल–८ कण्ठपुर चोकमा एक जनाको ज्यान गएको छ ।  नेपालगञ्जबाट तारातालतर्फ जाँदै गरेको भे१क ९८८ नंको टिप्परको ठक्करबाट बढैयाताल गाउँपालिका–८ मयुँर बस्तीका ६० वर्षीय मोतिलाल चौधरीको ज्यान गएको हो । घरतर्फ फर्कँदै गरेका उनको तीव्रगतिमा आएको टिप्परले ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए । शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । चालक गेरुवा गाउँपालिका–३ का ३५ वर्षीय सुनील …

पुरा पढ्नुहॊस »

रेल किन्न सरकारले छुट्टायो ५० करोड बजेट

काठमाडाैँ । सरकारले भारतको जयनगरबाट नेपालको जनकपुर आउने रेल किन्न पचास करोड रूपैयाँ बजेट छुट्टाएको छ। सरकारका प्रवक्ता गोकुल बाँस्कोटाका अनुसार रेल किन्न एक अर्ब रूपैयाँ लाग्ने अनुमान छ। बिहिबार नियमित पत्रकार सम्मेलनमा बाँस्कोटाले पहिलो चरणमा सरकारले ५० करोड रूपैयाँ बजेट रेल खरिदका लागि छुट्टाएको जानकारी दिए। भारतसँग भाडामा रेल लिएर चलाउने तयारी सरकारले अगाडि बढाए पनि प्रधानमन्त्री केपी शर्मा ओली रेल किन्ने पक्षमा उभिएका थिए। बाँस्कोटाले छ महिनाभित्र भारतको जयनगरबाट जनकपुर …

पुरा पढ्नुहॊस »

छुट्टाछुट्टै सवारी दुर्घटनामा भारतीय नागरिकसहित ३ को मृत्यु, ११ घाइते

बुटवल । रुपन्देही नवलपसी र दाङ्गमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनमा भारतीय नागरिकसहित ३ जनाको मृत्यु भएको छ  भने १३ जना घाइते भएका छन् । काँकडभिटाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस नवलपरासीको ४० किलोमिटर भन्ने ठाउँमा दुर्घटना हुँदा  भारतको महाराजगञ्ज गुलरिया ग्रामका ३५ बवर्षीया गोरी शंकर धोवीको मृत्यु भएको छ । घटना अन्य १० जना घाइते भएको नवलपुर प्रहरीले जनाएको छ। घाइतेहरुको बुटवल र नवलरासीको चोरमारा उपचार …

पुरा पढ्नुहॊस »

नेकपामा हालसम्म ३४ स्थायी कमिटी सदस्यले राखे धारणा, अधिकांश ओली–प्रचण्डप्रति आक्रामक

काठमाडौं । शनिबारदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठक बिहिबार पनि जारी रह्यो । नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बिहान तीन घण्टा बसेको  बैठकमा ८ सदस्यले आ–आफ्नो धारणा राखेका छन् । नेकपा महासमिति विष्णु पौडेलले आजको बैठकमा किरण गुरुङ, पेशल खतिवडा, अमृतकुमार बोहरा, पम्फा भुसाल, लिलामणी पोखरेल, चक्रपाणी खनाल, माृतका यादव र विष्णु रिमालले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेको जानकारी दिए । बैठक शुक्रबार पनि …

पुरा पढ्नुहॊस »