काँग्रेसमा जुट्यो सहमति : केन्द्रीय पदाधिकारीको सङ्ख्या १३ बनाउने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी संख्या १३ पुग्ने भएको छ । लामो रस्साकस्सीपछि शीर्ष नेताहरुले सहमहामन्त्रीको संख्या ७ पुर्‍याउने सहमति गरेका छन् । अब उपसभाति, महामन्त्री २र२ जना हुनेछन् भने समहामन्त्री ७ जना रहनेछन् ।

१३ पदाधिकारी मध्ये कोषध्यक्षबाट सबै निर्वाचित हुनेछन् । सहमतिअनुसार अब विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजानेछ । त्यसपछि महासमितिमा विधान संशोधन प्रस्ताव पेश हुनेछ ।

यसअघि उपसभाति, महामन्त्री र समहमहान्त्री २र२ बनाउने सहमति भएको थियो तर, समावेशी नभएको भन्दै केन्द्रीय सदस्यहरुले विरोध गरेपछि पार्टी सभाति शेरबहादुर देउवा पछि हटेका थिए । बिहीबार उनले उपसभापति र महामन्त्री एक(एक मनोनित गर्ने प्रस्ताव ल्याए । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाले अस्वीकार गरेपछि शुक्रबार नयाा सहमति जुटेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोप-२९ मा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) …

प्रतिकृया दिनुहॊस