काठमाडौँ । नेपाली काँग्रेसको महासमिति बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ । मंसिर २९ गते देखी सुरु भएको नेपाली काँग्रेस महासमिति बैठकमा विधान संशोधन प्रस्तावको मस्यौदा प्रस्तुत हुन सकेको छैन । विधान संशोधन प्रस्तावको मस्यौदामा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमति हुन नसक्दा महासमिति बैठकमा विधान संशोधन प्रस्तावको मस्यौदा प्रस्तुत हुन नसकेको हो । पार्टीको केन्द्रीय पदाधिकारीको बैठक बसेर सहमति जुटाउने प्रयास जारी रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रवक्ता शर्माले विधान संशोधन प्रस्ताबमा केन्द्रीय नेतृत्वको अधिकतम् सहमति जुटिसकेको र एकाध विषयमा सहमति जुट्न बाँकी भएकाले बैठकमा विधान मस्यौदा पेश हुन ढिलाई भएको स्पष्ट पारे । उनले पार्टीको विधानमा संशोधन प्रस्ताबमाथि कसैको पनि विमति नरहोस् भन्ने पार्टीको चाहना रहेका कारण केन्द्रीय समितिको बैठक निरन्तर बसिरहेको पनि बताए । सभापतिबाट मनोनीत हुने संख्या बढाउनुपर्ने, पदाधिकारीमा समावेशीता हुनुपर्ने माग केन्द्रीय समितिमा उठेपछि बैठक सहमतिमा पुग्न नसकेको केन्द्रीय सदस्यहरूले बताएका छन् ।
प्रतिकृया दिनुहॊस