कालिकोटको पलाँतामा आगलागी : ८७ घरको बस्ती नै सखाप, पाँच जना घाइते

कालिकोट । कालिकोटको पलाँता गाउँपालिका-१ खाँडामा सोमबार बिहान २ बजे सुरू भएको आगलागीले बस्ती नै जलेर खरानी भएको छ।

न्यौपाने गाउँमा भएको आगलागीमा परी अहिलेसम्म ८८ वटा घर जलेर नष्ट भएको कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले जानकारी दिए।

‘फुसका छाना भएका घरमा लागेको आगोले बस्ती नै सखाप पारेको छ, जोडिएका सबै घर जलेपछि अब आगो नियन्त्रणमा आएको छ,’ दुलालले भने।

आगलागीमा परी बस्तीका ५ जना घाइते भएका छन् भने दर्जनौं पशु चौपाया मरेका छन्।

कालिकोटको पनि बिकट गाउँ खाँडा पुग्न सदरमुकाम मान्मदेखि गाडी र पैदल यात्रा गर्दा ८ घन्टा लाग्छ। आगलागीको कारण थाहा हुन सकेको छैन।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालमा पहिलो पटक टिकटक दर्ता, मेटा र एक्सलाई पनि सरकारको पत्र

काठमाडौँ । नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको छ । तिहारअघि नै दर्ता प्रक्रिया पुरा भइसकेको भए पनि मंगलवार मात्रै टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाण पत्र लिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको हो ।

प्रतिकृया दिनुहॊस