गाडीभित्रै तीन जनाले गरे १६ वर्षीया किशोरीलाई बलात्कार

रसुवा । रसुवामा एक किशोरी गाडीभित्रै बलात्कृत भएकी छिन्। सदरमुकाम धुन्चेबाट टिमुरे जानेक्रममा शनिबार साँझ १६ वर्षीया किशोरीलाई तीन जनाले गाडीभित्रै बलात्कार गरेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

बा४ख ४३२ नम्बरको आइचर गाडीसहित बलात्कारमा संलग्न नुवाकोटको विदुर नगरापलिका ६ का १९ वर्षीय दीपक खतिवडा, विदुर ४ का २५ वर्षीय सञ्जीवकुमार गुप्ता र सोही ठाउँका २२ वर्षीय राजकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

धुन्चेबाट गाडीमा लिफ्ट मागेर टिमुरे जाँदै गर्दा उनीहरुले किशोरीलाई गोसाइँकुण्ड गाउँपालिका ५ याङयाङ खोलामा पुगेपछि गाडीभित्रै बलात्कार गरेका प्रहरी निरीक्षक रञ्जन अवाले जानकारी दिए।

गाडी रोकेर गाडी पछाडि सामान राखिएको ठाउँमा लगेर उनीहरुले किशोरीलाई बलात्कार गरेका प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप