कुटपिटबाट बैतडीमा एकको मृत्यु, एक घाइते

बैतडी । बैतडीमा अज्ञात व्यक्तिको  कुटपिटबाट एक जनाको  मृत्यु भएको  छ भने  एकजना घाइते  भएका छन्  ।

सिगास  गाउँपालिका वडा नं ९ श्रीभाबर का ६० वर्षिय जसु बोहराको मृत्यु भएको  हो भने  उनकै बुहारी  २१ वर्षीया  लक्ष्मी  बोहरा घाइते  भएकी छन् ।

गएराति  करिब ९ :३० बजे घरमा कोही नभएको  बेला आज्ञात  व्यक्तिले   निर्घात कुटपिट गर्दा ससुराको  मृत्यु भएको र आफू घाइते. भएको घाइते लक्ष्मी बोहराले बयान दिएको  इलाका प्रहरि कार्यालय  पाटनका  प्रहरी निरीक्षक गिन्द्र बहादुर बोगटीले जानकारी दिए ।

घटनाको  बारेमा अनुसन्धान भइरहेको निरिक्षक बोगटीको  भनाइ  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री