हिमालयन हाइड्रो एक्स्पो २०१९ आजदेखि

काठमाडौं ।  स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इप्पान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्तरुपमा हिमालयन हाइड्रो एक्स्पो २०१९ भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजनामा हुने उक्त एक्स्पोको उद्घाटन आज  उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नेछन् ।

हिमालयन हाइड्रो एक्स्पो २०१९ ले उर्जा क्षेत्रमा एउटा आयाम दिने र उर्जा क्षेत्रमा लागेका सबै सरोकारवालाहरुलाई एक ठाँउमा भेला गर्ने उद्देश्यले आयोजना हुन लागेको इभेन्ट सोलुसनले वताएको छ ।

काठमाडौको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना हुने हिमालयन हाइड्रो एक्स्पो २०१९ मा जलविद्युत प्रवर्धक, इक्यूपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित स्टल राखिने भएको छ । एक सयभन्दा बढी स्टल रहने छन् ।

ती स्टलमध्ये ५० भन्दा बढी विदेशी स्टल रहने वताईको छ । यसपटकको एक्स्पोमा उर्जासँग सम्वन्धीत नयाँ प्रविधिका साथै ग्रिड कनेक्टेड सोलार सिस्टम आकर्षण बन्नेछ । यसका साथै एक्स्पो अवलोकनका लागि आएका  इच्छुक  अवलोकनकर्ताहरुलाइ हेलीकाेप्टर मार्फत हाइड्रोपावर कम्पनीको समेत भ्रमण गराउने व्यवस्था गरेको छ ।

साथै एक्स्पोमा इन्जिनियरिङ संकायका विद्मार्थीहरुका वीचमा विभिन्न प्रतिस्पर्धा गरिनुका साथै हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिने साथै हाइड्रोपावरमा आधूनिक प्रविधिको सम्भावित प्रयोग सम्वन्धमा समेत जानकारी दिइने छ ।

यसपटकको एक्स्पोमा उर्जासँग सम्वन्धीत नयाँ प्रविधिका साथै ग्रिड कनेक्टेड सोलार सिस्टम आकर्षण बन्नेछ ।साथै एक्स्पोमा इन्जिनियरिङ संकायका विद्मार्थीहरुका वीचमा विभिन्न प्रतिस्पर्धा गरिनुका साथै हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिने साथै हाइड्रोपावरमा आध’निक प्रविधिको सम्भावित प्रयोग सम्वन्धमा समेत जानकारी दिइनेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस