माथिल्लो मर्स्याङ्दी ‘ए’को उत्पादन घट्यो

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिकाको भुलभुलेस्थित ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन करिब आधा घटेको छ ।  रन अफ दी रिभर (पानीको बहावमा आधारित) को आयोजनाबाट यो समय कम्तीमा २८ मेगावाट विद्युत् उत्पादन भइरहेको आयोजनाले जनाएको छ । सामान्य अवस्थामा दिउँसो र रातको समय २८ मेगावाट र बिहान र साँझको माग बढी हुने समयमा ३९ मेगावाट विद्युत् उत्पादन भइरहेको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए । उनका अनुसार मस्र्याङ्दी र ङादीमा पानीको बहाव घटेसँगै विद्युत् उत्पादन पनि घटेको हो ।

वर्षायाममा पानी प्रशस्त भए पनि हिउँदयाममा आयोजनाका लागि चाहिने पानी पर्याप्त नभएको आयोजनाले जनाएको छ । साँझ र बिहान बढी विद्युत् खपत हुने भएकाले राति र दिउँसो केही समय जलाशयमा पानी जम्मा गरेर साँझ र बिहान प्रयोग गरिएको अधिकारीले बताए । उनले भने, नोभेम्बरसम्म चौबीसै घण्टा ५० मेगावाट विद्युत् उत्पादन भएको थियो । डिसेम्बरबाट विद्युत् उत्पादन कम हुँदै गयो । अब झनै कम हुने समय आउँदै छ ।

गतवर्ष पनि उत्पादन २५ मेगावाटसम्म झरेको थियो । २५÷२५ मेगावाटको दुईवटा फ्रान्सिस टर्बाइन रहेको सो आयोजनामा पानी बहाव सबैभन्दा कम भएको समय एउटा मात्रै सञ्चालन गरिने उनले बताए। उनले भने, फेबु्रअरी, मार्च महिनामा विद्युत् उत्पादन झनै घट्छ । २५ मेगावाट विद्युत् उत्पादन हुँदा टर्बाइनलाई पालैपालो सञ्चालन गर्नुपर्ने हुन्छ । पृथ्वीको तापक्रम बढेसँगै हिमालमा हिउँ पग्लने भएपछि अप्रिल, मे महिनाबाट विद्युत् उत्पादन विस्तारै बढ्ने र वर्षायाममा मूल फुटेपछि पानी चाहिने मात्रामा भन्दा बढी हुने अधिकारीले बताए ।

सन् २०१३ को जनवरीमा निर्माण शुरु गरिएको माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाले २०१७ जनवरीबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन थालेको थियो । चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी रहेको उक्त आयोजनाले करिब १६ अर्ब रुपियाँमा आयोजना निर्माण गरेको थियो । सो आयोजना चिनियाँ लगानीमा निर्माण भएको नेपालको पहिलो जलविद्युत् आयोजना रहेको दावी गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१५ जना बङ्गलादेशी पक्राउ, अध्यागमन विभागमा बुझाइयो

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds