जन्ती बोकेको बस दुर्घटना हुँदा ३२ जना घाईते

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ मालु जोगीगाउँमा आज बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा ३२ जना घाईते भएका छन् ।

स्थानीय जेद्दे मिजारको छोराको विवाहका लागि ४० जनाभन्दा बढी जन्ती लिएर सिन्धुलीको खुर्कोट जान लागेको बा२ख ३७६० नम्बरको बस बिहान साढे ४ बजे सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो ।

चालकले स्टार्ट गरेर बस अगाडी बढाउनासाथ दुर्घटना भएको बताइएको छ । १६ जनालाई उद्धार गरि उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी मालु पठाइएको थियो । उनीहरुलाई थप उपचारका लागि चरिकोट ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

अन्य घाइतेको पनि उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो, २८ जना बेपत्ता

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा १ सय ४३ जना घाइते भएको छन् ।

प्रतिकृया दिनुहॊस

This will auto close after