कांग्रेसका पुराना र त्यागी नेता रेग्मीको निधन

काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता तथा नेपाली कांग्रेस कास्कीका पूर्वसचिव केशव रेग्मीको निधनको उपचारका क्रममा आज निधन भएको छ ।

लामो समयदेखि श्वासप्रश्वासको रोगबाट ग्रसित रेग्मीको उपचारका क्रममा निधन भएको नेपाल पत्रकार एंव न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले जानकारी दिए । उनको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ । उनको पार्थिव शरिरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालाले पार्टीको झण्डा ओढाएका थिए ।

२०२३ सालमा गण्डकी छात्रा समितिको स्थापनाकालका सदस्य एंव नेपाल बिद्यार्थी संघको स्थापना रेग्मीको ठुलो योगदान रहेको कांग्रेस वरिष्ठ नेता पौडेलले जारी गरेको शोक वक्तब्यमा उल्लेख छ ।

‘२०२३ सालमा गण्डकी छात्रा समिति गठन गर्दा केशव जी र हामीले एकैसाथ काम गरेका थियौ । त्यो पछि गण्डकी साहित्य सम्मेलन गरेको मलाई अहिले पनि संझना छ । उहाँ गण्डकी छात्रा समितिको सदस्य पनि हुनुभएको थियो । पछि नेपाल बिद्यार्थी संघको स्थापना गर्दा पनि केशव जी हाम्रो साथमा हुनुहुन्थ्यो’  पौडेलले जारी गरेको शोक वक्तब्यमा भनिएको छ–‘मैले बिद्यार्थी कालमा केशव जीसंग धेरै समय बिताएको छु । बिद्यार्थी राजनीति मात्र होइन जेलमा समेत केशव जीसंगै धेरै समय विताएको छु ।  नेपाली कांग्रेसको राजनीतिमा अविचलित भई लामो समयसम्म नेपाली कांग्रेसलाई केशव जी आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने नेता हुनुहुन्थ्यो ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु

काठमाडौं । कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम …

प्रतिकृया दिनुहॊस

This will auto close after