इँटा उद्योगको पर्खाल भत्किँदा २ जनाको मृत्यु

काभ्रे ।काभ्रेको पाँचखाल नगरपालिका-७ स्थित वीर हनुमान इँटा उद्योगको पार्खाल भत्किँदा दुइजना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईंट्टाभट्टामा काम गर्ने रोल्पा मारी गाउँपालिका–३ बस्ने नबिन बिकको अन्दाजी ११ महिनाको छोरा र रोल्पा गंगादेव गाउँपालिका १ बस्ने ज्ञान परियारको ३ वर्षीया छोरी जेनिसा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा तीन वर्षीया  झरना घर्ती र ३५ वर्षीय सितादेवी पासवान रहेको छन्  ।उनीहरुको धुलिखेल सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ ।

 

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री