काठमाडाैं । कतै हुलदङ्गा वा शान्ति सुरक्षा भंग हुने गरी कसैले आतंक मच्चाउन खोजे अनुमति लिई घुँडामुनि मात्र गोली चलाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने गरी गृह मन्त्रालयले नयाँ विधेयक तयार पारेको छ । संविधानले परिकल्पना गरेअनुसार शान्ति सुरक्षा कायम गर्न यो विधेयक ल्याइएको मन्त्रालयले जनाएको छ । गृहमन्त्री रामबहादुर थापाले यो विधेयक ल्याउँदा सरकारलाई थप आर्थिक व्ययभार नपर्ने बताएका खबर आजको समाचारपत्र दैनिकले छापेको छ । संघीय संसद् सचिवालयमा दर्ता …
पुरा पढ्नुहॊस »विश्वव्यापी सदाचार मापनमा नेपाल फेल, सयमा ३१ अंक मात्र पायो नेपालले
काठमाडाैं । नेपाल सार्वजनिक क्षेत्र र राजनीतिमा भ्रष्टाचार बढ्दा सदाचारमा फेल भएको छ । सय अंकको सदाचार पूर्णांकमा नेपालले ३१ अंक पाएको छ । भ्रष्टाचार अवधारणा सूचकांकअनुसार ५० अंक भन्दा कम नम्बर ल्याउने देश भ्रष्टाचारी मानिन्छन् । यो खबर आजको नागरिक दैनिकमा भाषा शर्माले लेखेकी छन् । ५० भन्दा बढी अंक ल्याउने देशलाई कम भ्रष्ट हुने मापन गरिन्छ । संघीयता सुरु भएपछि आएको प्रतिवेदनले पदको दुरुपयोग, न्याय प्राप्तीको लागि घुस, ठेक्कापट्टा …
पुरा पढ्नुहॊस »३ करोड जनसंख्या भएको नेपालमा १२ हजार सहिद
काठमाडाैं । करिब तीन करोड जनसंख्या भएको मुलुकमा सहिदको संख्या झन्डै १२ हजार पुगेको छ। सरकारले प्रत्येक वर्ष आफूअनुकूल संख्या थप्दै जाँदा सहिदको सूची लम्बिएको हो। यसले गर्दा सहिदकै अवमूल्यन हुन थालेको छ। यो खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्। राणा शासनमा प्रजातन्त्रका पक्षमा आवाज उठाएको अभियोगमा मृत्युदण्ड दिइएका धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई २००७ सालमा प्रजातन्त्र स्थापनापछि सहिद घोषणा गरी माघ १६ गते सहिद …
पुरा पढ्नुहॊस »१८ सय ठेक्का अलपत्र, अख्तियारले थाल्यो छानबिन
काठमाडाैं । सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा करिब साढे १८ सय ठेक्का अलपत्र परेका छन् । वर्षौंदेखि योजना अलपत्र रहेकाले राज्यको १ खर्ब १८ अर्ब रुपैयाँ जोखिममा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै यसबारे गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको खबर कान्तिपुरले छापेको छ । अख्तियारले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सबभन्दा बढी सडक विभागअन्तर्गतका ९ सय ६ वटा परियोजना अलपत्र छन् । यी योजनाका बजेट २० …
पुरा पढ्नुहॊस »थाहा पाउनुस् हृदयघातको पूर्व संकेत, सचेत भए बाँच्न सकिन्छ
काठमाडाैं । कुनै पनि धमनीमा शतप्रतिशत अबरोध भई मुटुको मांसपवेशीले काम गर्न नसक्नु र सो भागको मृत्यु हुनु हृदयघात हो । मुटुको देब्रेतिरको मुख्य धमनीमा अबरोध भएमा सो हृदयघात प्राणघातक पनि हुन सक्छ । जीवनशैली र खानपानका कारण आजभोली सबै उमेरका मानिसमा हृदयघातको जोखिम बढ्दो छ । यो जानकारी आजको नयाँ पत्रिका दैनिकले छापेको छ । एक्लै भएको अबस्था वा अस्पतालको पहुँचबाट टाढा भएको बेला हृदयघात भएमा जोखिम उच्च हुन्छ । …
पुरा पढ्नुहॊस »नेपाल भ्रमण वर्ष २०२० लक्षित: वैकल्पिक पदमार्गको खोजी शुरू
काठमाडौं । वर्ष २०२० लाई लक्षित गरेर चल्तीका पदमार्गहरू मोटर बाटोका कारण संकटमा परेपछि विकल्पका रूपमा नयाँ वैकल्पिक पदमार्गहरूको खोजी शुरू गरिएको छ । पर्यटन क्षेत्रसँग सम्बद्ध ट्रेकिङ संस्था तथा व्यवसायीहरूले नेपाल पर्यटन बोर्डको सहकार्यमा वैकल्पिक पदमार्गको खोजी शुरू गरेका हुन् । ट्रेकिङ एजेन्सीस् एशोसिएशन अफ नेपाल (टान)ले सातओटै प्रदेशका पदमार्गहरूलाई समेट्ने गरी तत्कालका लागि एक एड्भेन्चर पर्यटन (सुनकोसी र्याूफ्टिङ) सहित ३० ओटा वैकल्पिक पदमार्गको छनोट गरेको छ । नेपालको …
पुरा पढ्नुहॊस »सरकारविरुद्ध सशक्त बन्दै तरुण दल : धनगढीमा ग-यो बृहत् प्रदर्शन (फोटोफिचर)
धनगढी । सरकार विरुद्ध नेपाल तरुण दलले सोमबार धनगढीमा बृहत् बिरोध प्रदर्शन गरेको छ । सरकारले बढ्दो महंगी, भ्रस्टाचार नियन्त्रण गर्न नसकेको र शान्ती सुरक्षा कायम गर्न नसकेको बिरोधमा तरुण दलले बिरोध प्रदर्शन गरेको हो ।धनगढीको ट्राफिक चौराहबाट सुरु भएको बिरोध र्यालीमा सहभागीहरुले डाक्टर गोबिन्द केसीको माग पूरा गर, महंगी नियन्त्रण गर, शान्ति सुरक्षा कायम गर, निर्मलालाई न्याय दे लगायतका नारा लगाएका थिए । जुलुस पार्क मोडमा पुगेर कोणसभामा परिणत …
पुरा पढ्नुहॊस »लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसद्वारा निःशुल्क दन्त शिविरको आयोजना
वीरगंज । लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसको आयोजनामा वीरगंज वडा नम्बर २४ रामगढवामा रहेको शिव प्राथमिक विद्यालयमा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसले नियमित रुपमा गर्ने सामाजिक कार्यहरुको निरन्तरता स्वरुप आज निःशुल्क दन्त शिविर आयोजना गरिएको लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसका अध्यक्ष लायन रविशंकर सर्राफले बताए । शिविरमा एम. बि. केडिया डेन्टल कलेज वीरगंजका दन्त चिकित्सकहरुले वडा नम्बर २४ रामगढवाका करिब १५० …
पुरा पढ्नुहॊस »टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि मोरङमा ६ वटा टिपरमाथि आगजनी
मोरङ । मोरङको सुन्दरहरैंचाका स्थानीयले ६ वटा टिपरमाथि आगजनी गरेका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकामा टिपरको ठक्करबाट सोमबार ११ वर्षीया बालिकाको मृत्यु भएको छ। विराटनचोकबाट विराटनगर जाँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले बाटो काट्दै गरेकी लक्ष्मी ढकाल ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिएर भाग्दै गरेको टिपर बेलेपुर चोकनजिकै सडकछेउको एउटा रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो। दुर्घटनामा परेको टिपरमा स्थानीयले आगो लगाएका छन्। स्थानीयले विराटचोक–पुष्पलाल चोक सडक खण्डको सिसौघारीमा कुदिरहेका टिपर …
पुरा पढ्नुहॊस »निर्मला पन्त हत्या प्रकरण : ‘भजाइनल स्वाब’ सँग आमाको डीएनए प्रोफाइल म्याच
काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको भजानइल स्वाव र उनकी आमा दुर्गादेवी पन्तको डीएनए प्रोफाइल म्याच भएको छ । ‘भजानइल स्वाव’ प्रति नै सरोकारवालाहरुले आशंका गरेपछि घटनाबारे अनुसन्धान गरिरहेको टोलीले दुर्गादेवीको रगतको नमुना लिएर डीएनए जाँच गर्न प्रयोगशालामा पठाएको थियो । दुर्गादेवी पन्तले पुस २५ गते महाकाली अञ्चल अस्पतालमा पुगेर रगत दिएकी थिइन् । प्रोफाइल म्याच भएसँगै पहिले परीक्षणका लागि पठाइएको ‘भजाइलन स्वाब’ निर्मलाको भएको पुष्टि भएको …
पुरा पढ्नुहॊस »