विश्वव्यापी सदाचार मापनमा नेपाल फेल, सयमा ३१ अंक मात्र पायो नेपालले

काठमाडाैं । नेपाल सार्वजनिक क्षेत्र र राजनीतिमा भ्रष्टाचार बढ्दा सदाचारमा फेल भएको छ । सय अंकको सदाचार पूर्णांकमा नेपालले ३१ अंक पाएको छ ।

भ्रष्टाचार अवधारणा सूचकांकअनुसार ५० अंक भन्दा कम नम्बर ल्याउने देश भ्रष्टाचारी मानिन्छन् । यो खबर आजको नागरिक दैनिकमा भाषा शर्माले लेखेकी छन् । ५० भन्दा बढी अंक ल्याउने देशलाई कम भ्रष्ट हुने मापन गरिन्छ ।

संघीयता सुरु भएपछि आएको प्रतिवेदनले पदको दुरुपयोग, न्याय प्राप्तीको लागि घुस, ठेक्कापट्टा जस्ता विषयमा भ्रष्टाचार घट्न नसकेको देखाएको हो । ट्रान्सपरेन्सी इन्टरनेशसनल (टिआई) नेपालले मंगलबार काठमाडौंमा सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपालमा भ्रष्टाचार घट्न नसकेको देखिएको हो ।

१८० देश मध्ये नेपाल १२४ औँ स्थानमा छ । नेपालसहित १२३ देशले सदाचारमा ५० भन्दा कम नम्बर ल्याएका छन् । डेनमार्कले ८८ अंक ल्याएर सदाचारमा पहिलो र १० नम्बर लिएर सोमालिया सदाचारमा सबभन्दा कमजोर देखिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस