मोरङ । मोरङको सुन्दरहरैंचाका स्थानीयले ६ वटा टिपरमाथि आगजनी गरेका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकामा टिपरको ठक्करबाट सोमबार ११ वर्षीया बालिकाको मृत्यु भएको छ। विराटनचोकबाट विराटनगर जाँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले बाटो काट्दै गरेकी लक्ष्मी ढकाल ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।
ठक्कर दिएर भाग्दै गरेको टिपर बेलेपुर चोकनजिकै सडकछेउको एउटा रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो। दुर्घटनामा परेको टिपरमा स्थानीयले आगो लगाएका छन्।
स्थानीयले विराटचोक–पुष्पलाल चोक सडक खण्डको सिसौघारीमा कुदिरहेका टिपर रोकेर आगजनी गरेको प्रहरीले जनाएको छ । ६ वटा ट्रकमा आगो लगाइएको बताइए पनि प्रहरीले भने ४ वटामा मात्रै आगजनी भएको जनाएको छ ।
प्रतिकृया दिनुहॊस