थाहा पाउनुस् हृदयघातको पूर्व संकेत, सचेत भए बाँच्न सकिन्छ

काठमाडाैं । कुनै पनि धमनीमा शतप्रतिशत अबरोध भई मुटुको मांसपवेशीले काम गर्न नसक्नु र सो भागको मृत्यु हुनु हृदयघात हो । मुटुको देब्रेतिरको मुख्य धमनीमा अबरोध भएमा सो हृदयघात प्राणघातक पनि हुन सक्छ ।

जीवनशैली र खानपानका कारण आजभोली सबै उमेरका मानिसमा हृदयघातको जोखिम बढ्दो छ । यो जानकारी आजको नयाँ पत्रिका दैनिकले छापेको छ । एक्लै भएको अबस्था वा अस्पतालको पहुँचबाट टाढा भएको बेला हृदयघात भएमा जोखिम उच्च हुन्छ ।

छोटो सयमा अस्पताल पुर्याउनु पर्ने हुन्छ । यस्तो बेलामा बिरामीलाई धेरै गाह्रो हुन्छ । तसर्थ बिरामीसँगै सबैले संयमता अपनाउनु पर्छ । अचानक बायाँ छाती दुख्यो र दुखाई बढ्दै गएर पाखुरा हुँदै बंगारासम्म पुग्यो भने हृदयघात भएको भन्ने थाहा पाउनुपर्छ ।

करिब १० सेकेन्ड मात्र यस्तो हुन्छ। यस्तो अबस्थामा नआत्तिकन यथास्थानमै बस्नुपर्छ । बिस्तारै नाकमो दुबै प्वालबाट लामो र गहिरो श्वास लिनुपर्छ। अनि जोडले आबाज निकाल्दै पेट हल्लिने गरी खोक्नुपर्छ । चिकित्सककहाँ नपुगुन्जेलसम्म गहिरो श्वास लिने र खोक्ने गरिरहेमा ज्यान जोगिने सम्भावना अधिक हुन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिनाभरी नोवेलले दियो स्तन क्यान्सरको उपचारमा सहुलियत

विराटनगर । विश्वभर स्तन क्यान्सरको सचेतना फैल्याउने उद्देश्यले अक्टोवर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा …

प्रतिकृया दिनुहॊस