काठमाडाैँ । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा गाउँलेले लखेट्दा एक युवकले ज्यान गुमाएका छन्। बालिकामाथि दुर्व्यबहार गरेको थाहा पाएर गाउँलेले हल्ला गरेपछि भाग्दा भिरबाट खोलाकिनारमा खसेर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा आइतबार मृत्यु भएको हो। पश्चिम मकवानपुरको राक्सीङ्ग गाउँपालिका ५ घर भई मनहरी गाउँपालिका ७ बस्ने २२ बर्षीय सविन प्रजाको मृत्यु भएको हो। माघ ८ गते घाइते भएका प्रजाको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको मकवानपुर प्रहरीका प्रवक्ता एवम् …
पुरा पढ्नुहॊस »निर्मला पन्त हत्याबारे राष्ट्रिय मानवअधिकार आयोगको टोलीले बुझायो प्रतिवेदन, यस्तो छ निश्कर्ष
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित विज्ञसहितको टोलीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको सम्बन्धमा गरेको अनुसन्धानको प्रतिवेदन सरकारलाई पेश गरेको छ । आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलका अनुसार अनुसन्धान टोलीबाट प्राप्त प्रतिवेदनमाथि आयोगको बैठकमा छलफल गरी यही माघ ९ गतेको निर्णयअनुसार आयोगले चारबुँदे सिफारिस एवम् २४ बुँदे निर्देशनसहित सरकारलाई प्रतिवेदन पेश गरेको हो । गत साउन १० गते बलात्कारपश्चात् हत्या गरिएकी पन्तको घटना सम्बन्धमा आयोगद्वारा कात्तिक २७ …
पुरा पढ्नुहॊस »मौसममा सामान्य सुधार
काठमाडौँ । केही दिनदेखि लगातार वर्षा र हिमपात भइरहे पनि सोमबारको मौसममा भने सामान्य सुधार देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद सुवास रिमालले देशका पहाडी भेगमा आशिंक बदली भएपनि अन्य क्षेत्रमा भने आजको मौसम सामान्यतया सफा रहने जानकारी दिए । ‘पहाडी क्षेत्रका केही स्थानमा क्षणिक वर्षाको सम्भावना देखिएको छ अरु ठाउँमा भने मौसम सामान्य तया सफा नै रहने अनुमान छ, सुधारको संकेत देखिएको छ,’ रिमालले भने …
पुरा पढ्नुहॊस »काठमाडौँ उपत्यकामा चल्ने मेट्रो रेल निर्माण प्रक्रिया सुरु, विश्वव्यापी बोलपत्र आह्वान
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढाएको छ । सातदोबाटो–रत्नपार्क–महाराजगञ्ज (नारायणगोपाल चोक) जोड्ने प्रस्तावित उक्त मेट्रो रेल निर्माणखण्डको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि विश्वव्यापी बोलपत्र आह्वान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको रेल विभागका प्रवक्ता अमन चित्रकारले प्रस्तावित मेट्रो रेल निर्माणका लागि रेल विभागले विश्वव्यापी (ग्लोबल) बोलपत्र आह्वान गरेको जानकारी दिए । बोलपत्र भर्ने अन्तिम मिति फागुन १२ गते (२४ फेब्रुअरी) सम्म …
पुरा पढ्नुहॊस »कर्णाली प्रदेशका दुई जिल्लाका नागरिकलाई हवाई भाडामा छुट
कालिकोट । सडकले नछोएका कर्णाली प्रदेशका दुई जिल्लाका नागरिकहरूले हवाई भाडामा छुट पाउने भएका छन्। सडक सञ्जालले नछोएका कर्णाली प्रदेशका डोल्पा र हुम्ला जिल्लाका नागरिकहरूले हवाई भाडामा छुट पाउने भएका हुन्। कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डोल्पा र हुम्ला जिल्लाका ६० वर्षमाथिका जेष्ठ नागरिक र पूर्ण रुपमा अपाङ्गता भएका नागरिकलाई हवाइ टिकटमा एक हजार सहुलियत दिन शुरु गरेको छ। कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा नै डोल्पा र …
पुरा पढ्नुहॊस »जिरी पुग्ने आन्तरिक पर्यटकको लागि विशेष छुट
दोलखा । पर्यटकीय ठाउँ जिरी नगरपालिका पुग्ने आन्तरिक पर्यटकको लागि विशेष छुट सहितको प्याकेज ल्याइएको छ । उद्योग वाणीज्य संघ जिरी शाखाको अगुवाईमा बसेको जनप्रतिनिधि, होटल व्यवसायी सहितको बैठकले जिरी पुग्ने आन्तरिक पर्यटकको लागि कोठा भाडामा ५० प्रतिशत छुट दिइने निर्णय गरिएको हो । यो योजना माघ १५ गतेदेखि सुरु भई बैशाख पहिलो हप्तासम्म लागू हुनेछ । बस्नमा ५० प्रतिशत छुट दिने निर्णय गरिए पनि खानामा भने विशेष छुट दिने …
पुरा पढ्नुहॊस »नेविसंघद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन
काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै उनको पुत्ला दहन गरेको छ । चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा नेविसंघका कार्यकर्ताहरुले आइतबार बिहान राजधानीको पशुपति क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । चिकित्सा विधेयक संसदबाट जबरजस्ती पास गरेको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेस सरकारसँग क्रूद्ध बनेको छ । माउ पार्टीले आन्दोलनको चेतावनी दिइरहेका बेला नेविसंघले आइतबार सरकारलक्षित विरोध कार्यक्रम …
पुरा पढ्नुहॊस »बिहान केहीबेर अवरुद्ध त्रिभुवन विमानस्थल खुल्यो
काठमाडौं । आइतबार बिहान केहीबेर अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । मौसममा आएको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान आइतबार बिहान केहीबेर अवरुद्ध बन्न पुगेको थियो । टाढाबाट आएका विमानहरु नजिकको एयरपोर्टमा डाइभर्ट गरिएको थियो भने नजिकका एयरपोर्टबाट काठमाडौं हुने उडान रोकिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बिहान केहीबेर अवरुद्ध बन्न पुगेको उडान–अवतरण सञ्चालनमा आएको जनाएको छ ।
पुरा पढ्नुहॊस »झापाका विभिन्न स्थानमा आगलागी : साढे एघार लाख बराबरकाे क्षति
बनियानी । झापाको कनकाई र गौरादह नगरपालिकामा आगलागी हुँदा करीब रु ११ लाख ५० हजार बराबरको अन्नपात,भाडावर्तन र चौपायाको क्षति भएको छ । झापाको गौरादह–९ स्थित बैगुनधाराका टेकबहादुर खनालको ग्वाली घरमा आज बिहान ४ बजे बिजुली चुहावट भई आगलागी हुँदा रू नौ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । आगलागीबाट खनालको काठले बनेको टिनको छानो भएको एकतले ग्वाली घर, ७५ मन धान, ५० मन …
पुरा पढ्नुहॊस »त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान ठप्प
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान तथा अवतरण ठप्प भएको छ । सिमसिम वर्षा र भिजिबिलिटी कम भएका कारण एयरपोर्ट बन्द भएको हो । विमानस्थल स्रोतका अनुसार आइतबार विहानैदेखि काठमाडौँको मौसममा आएको खराबीले अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान अवतरण बन्द भएको छ । बाहिरबाट आएका विमानहरु नजिकको एअरपोर्टमा डाइभर्ट भएका छन् भने नजिकका उडानहरु रोकिएका छन् । मौसमविद्ले काठमाडौंको आकाश दिउँसो मात्र खुल्ने बताएका छन् । आकाश खुलेपछि मात्र उडान अवतरण सहज हुन …
पुरा पढ्नुहॊस »