जनता आवास कार्यक्रम : नयाँ घर त बन्यो, तर उल्टै ऋणमा डुबे दलित 

काठमाडाैँ । सरकारले जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिदिएका प्रायः स्थानका बासिन्दासँग घडेरीको लालपुर्जा भने छैन । उनीहरू घर ठड्याएको जग्गाकै लालपुर्जा नहुँदा भविष्यमा के हुने हो भन्ने चिन्तामा छन् ।  सबैभन्दा पहिले ०६७/६८ मा ७ कुसुन्डा परिवारको घर निर्माण गरिएको थियो । अहिलेसम्म गन्धर्व, वादी, विपन्न मुस्लिम र अन्य दलितका ६ सय ५ घर निर्माण गरिदिएको सहरी विकास तथा भवन डिभिजन कार्यालय दाङले  जनाएको  छ । चालू आर्थिक वर्षमा पाँच सय घर निर्माण गर्ने जानकारी प्राप्त भए पनि बजेट वितरणका लागि अख्तियारी नआएको कार्यालयका नायब सुब्बा शेरबहादुर केसीले बताए ।

०७४ असारबाट सुरु भएको निर्माण सम्पन्न हुनुको साटो पिलर नै ढलेपछि डल्लीमायालाई दुःख लागेको छ । उनको घरका अन्य पिलर पनि हल्लिएका छन् । ‘पिलर ढल्यो, यस्तै बनाइदिए । किन यस्तो बनाइदिए, हामीलाई थाहा छैन । मेरै २५ हजार लगानी परेको छ,’ डल्लीमायाले भनिन् । डुमरवाना नयाँबस्ती र आसपासका गाउँका घर निर्माणको अगुवाइ र निगरानी हरि विक नेतृत्वको निर्माण समितिले गरिरहेको छ । डल्लीमायालगायत घरका लागि दोस्रो किस्तासम्मको रकम आएको छ । जग खनेपछि पहिलो किस्ता तथा पिलर र गाह्रो लगाएपछि दोस्रो किस्ता आयो । तर, तेस्रो किस्ताले छाना र झ्याल राख्नुपर्ने तथा चौथोले चर्पी बनाउनुपर्नेमा पैसा रोकिएको छ । स्थानीय निर्माण समिति अध्यक्ष हरि विक पनि लाभग्राही हुन् ।

उनले जनता आवासअन्तर्गत बन्दै गरेको घर भत्काएर नयाँ बनाएका छन् । दोस्रो किस्तासम्मको पैसा बुझेर निर्माण गरेका उनले थप पैसा नआएपछि बनिसकेको पनि भत्काएर आफ्नै खर्चमा पक्की घर निर्माण सुरु गरेका हुन् । जनता आवासको घर निर्माणमा व्यापक अनियमितता भएको उदाहरण बारामा भेटिएको छ । डुमरवाना नयाँबस्तीकी डल्लीमाया विश्वकर्माको बन्दै गरेको घरको पिलर नै ढलेको छ । जगदेखि नै पिलर उठाउनुपर्नेमा मापदण्डविपरीत टाइबिमबाट उठाएपछि ढलेको हो । ढलेको पिलरमा टुप्पोपट्टि रड देखिन्छ भने फेदतिर टाइबिमबाट रडबिना नै उठाएको स्पष्ट देखिन्छ ।

घोराही उपमहानगरपालिका–११ नयाँबस्ती टोलका ड्राइभर गन्धर्व सामान्य ज्याला–मजदुरी गर्छन् । सरकारको जनता आवास कार्यक्रममार्फत उनले दुई वर्षअघि नयाँ घर बनाए । तर, ऋणमा चुर्लुम्मै डुबेका छन् । ‘सरकारले तोकेको मापदण्डमा घर बनाउँदा तीन लाख ५० हजार खर्च भयो, तर सरकारले दुई लाख ३३ हजार मात्रै दियो,’ उनले सुनाए । अहिलेसम्म ऋण तिर्न नसकेको उनले बताए ।

नयाँबस्तीमा जनता आवास कार्यक्रममार्फत घर बनाएका ७२ घरपरिवारको हालत उस्तै छ । प्रायलाई १ देखि २ लाखसम्म ऋण लागेको छ । गीता गन्धर्वले पनि घर बनाउँदा चार लाख खर्च भएको र अहिलेसम्म ऋण तिर्न नसकेको बताइन् । दाङमा ०६७/६८ बाट सुरु कार्यक्रमअन्तर्गत अहिलेसम्म ९ सय ६२ घर निर्माण भएको तथ्यांक छ । सुरुमा १ लाख ५२ हजार र ०७१/७२ बाट २ लाख ३३ हजार रकम दिइएको थियो । तर, यो रकमबाट बरन्डासहितको दुईकोठे घर र शौचालयसमेत बनाउनुपरेपछि गरिब ऋणमा डुबेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

संसद् फेस गर्ने आँटेका प्रधानमन्त्रीसँग कति छ मत ?

काठमाडौं । फेरि कुनै ‘राजनीतिक चमत्कार’ नभए अहिलेकै अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा …

प्रतिकृया दिनुहॊस