समृद्धिको परिकल्पनासहित नयाँ शक्तिको जनसंवाद यात्रा

ताप्लेजुङ । समृद्ध नेपालको परिकल्पनासहित नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनसंवाद यात्राको थालनी गरेका छन् ।एक महीने जनसंवाद यात्राको नेपाल-भारतको सीमाक्षेत्रमा पर्ने पाँचथरको चिवाभञ्ज्याङमा एक कार्यक्रमबीच डा भट्टराईले शुभारम्भ गरे ।

पूर्वको चिवाभञ्ज्याङदेखि सुरु भएको उक्त जनसंवाद यात्रा एक महीनापछि सुदुरपश्चिम प्रदेशको बैतडीस्थित झुलाघाट नाकामा पुगेर टुङ्गिने छ । सोही यात्राका क्रममा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने विभिन्न पर्यटकीय तथा व्यापारिक क्षेत्रका नागरिक, जनप्रतिनिधिलगायतसँग छलफल र अन्तरक्रिया गरिने बताइएको छ।

अभियानको शुभारम्भ गर्दै डा भट्टराईले सो यात्रा तथा अभियान मुलुकको समृद्धिसँग जोडिएको बताए । जनसंवाद यात्रा तथा अभियान आफ्नो पार्टीको एजेण्डा नभई साझा अभियानका रुपमा यसको शुभारम्भ गरिएको उनको भनाई थियो ।

मध्यपहाडी लोकमार्गले मेचीदेखि महाकालीसम्मको भुगोललाई मात्रै नभई हरेक जातजाति र समुदायलाई समेत जोडेकाले यही लोकमार्ग भएर सञ्चालन हुने यात्रामार्फत समृद्धिको सुत्र तयार हुने डा भट्टराईले स्पष्ट पारे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस