समाचार

नाफाबाट लाभांस लैजान दिएपछि एनसेलको लाभकर मुद्दा सुनुवाइले निरन्तरता पाउन थाल्यो

काठमाडौँ। दूरसञ्चार सेवा प्रदायक एनसेलको लाभकर विवादको मुद्दाको अन्तिम सुनुवाइ प्रधानन्यायाधिससहितको इजलासले आइतबार पनि निरन्तरता दिएको छ। नयाँ प्रधानन्यायाधिसका रुपमा चोलेन्द्र शम्शेर राणा आएपछि गत बिहीबारबाट मुद्दाको सुनुवाइ सुरु भएको थियो। यसअघि गत असोज १८ गतेबाट मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको थियो। सामान्यतयाः हेर्दाहेर्दैमा राखिएको मुद्दा स्थगित नगर्ने प्रचलन भए पनि अदालत स्वयम्ले मुद्दा स्थगित गरेको थियो। राणासहित न्यायाधिसहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत्त …

पुरा पढ्नुहॊस »

मालपोत कार्यालयका नासु घुससहित पक्राउ

महोत्तरी । रु १० हजार रकमसहित मालपोत कार्यालय महोत्तरीका नायबसुब्बा पक्राउ परेका छन् । शनिबार दिउँसो गौशाला नगरपालिका–१ स्थित रामनगरमा सेवाग्राहीसँग रु १० हजार लिइरहेको अवस्थामा कार्यालयका नायबसुब्बा ढकबहादुर कार्की रङ्गेहात पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले अप्ताली जग्गा नामसारीका लागि मुचुल्का तयार गरेवापत एक सेवाग्राहीसँग रु १० हजार लिएको र आयोगले पूर्वसूचनाका आधारमा उनलाई पक्राउ गरेको हो । उनलाई अख्तियारले आफ्नो नियन्त्रणमा लिई भ्रष्टाचार …

पुरा पढ्नुहॊस »

भरतपुरमा बसको ठक्करबाट वृद्ध महिलाको मृत्यु

चितवन । चितवनमा मिनीबसको ठक्करबाट आइतबार बिहान एक वृद्ध महिलाको मृत्यु भएको छ। पूर्वी चितवनको टाँडीबाट लोथरतर्फ जाँदै गरेको बा ३ ख २५६५ नम्बरको मिनीबसले बिहान ६ः१५ बजे पैदलयात्री राप्ती नगरपालिका-४, डुडुवा चोककी ७५ वर्षीया लीलामाया हुमागाईंलाई ठक्कर दिएको हो। स्थानीय रुटमा चल्ने उक्त मिनिबसको ठक्करले घटनास्थलमै मृत्यु हुमागाईंको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। ठक्कर दिने बस प्रहरी निन्त्रणमा रहेको र चालक फरार रहे पनि प्रहरीको …

पुरा पढ्नुहॊस »

प्रदेश २ मा जन्मिनेबित्तिकै डेढ लाखको बिमा, नागरिकता पाएपछि बैंकबाट झिक्न सकिने

जनकपुरधाम । प्रदेश २ सरकारले नवजात शिशुको जीवन बिमा गरिदिन थालेको छ। आठ जिल्लाका एक\एक गाउँपालिका, नगरपालिका, उप–महानगरपालिका, महानगरपालिका गरी आठ वटा स्थानीय तहको सबै वडाका हरेक शिशुलाई जन्मिनेवित्तिकै  बिमा गरिदिन थालेको हो।  तराईमा भ्रूण हत्या अन्त्य गर्न माघ १ गतेदेखि जन्मिएका शिशुको जीवन बिमा शुरु गरेको  मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले ‘बेटी बचाउ, बेटी पढाउ’ नीति तथा कार्यक्रम अन्तर्गत प्रदेश २ को आठ जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, …

पुरा पढ्नुहॊस »

उपसचिवको समायोजन आजदेखि, वेबसाइटबाट समायोजनको पत्र आफैं प्रिन्ट गर्न सकिने

काठमाडौँ – सरकारले आज (आइतबार)देखि सङ्घ, प्रदेश र स्थानीय तहमा उपसचिव तहका कर्मचारीलाई समायोजन गर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका उपसचिव तहका कर्मचारीलाई आइतबारदेखि समायोजनको पत्र दिइने बताए। फाराम भर्दा प्रयोग गरेको इमेल र राहदानीको आधारमा मन्त्रालयको वेबसाइटबाट आफैँले नै समायोजनको पत्र प्रिन्ट गर्न सक्ने उनले बताए। अधिकारीले भने, ‘आइतबारदेखि उपसचिवले आफ्नो समायोजनको पत्र आफैं मन्त्रालयको वेबसाइटमा गएर …

पुरा पढ्नुहॊस »

मापदण्ड पूरा नगरेका मोटरबाटो सुधार गर्न निर्देशन

सल्यान । कपुरकोट गाउँपालिका–६ मा निर्माण गरिएका मोटरबाटो मापदण्डअनुसार नभएको पाइएको छ । गाउँपालिकास्तरीय अनुगमन टोलीले गरेको अनुगमनको क्रममा कपुरकोट गाउँपालिकाले बनाएको बाटो मापदण्डअनुसार चौडाइ नपुगेको पाइएको इञ्जिनीयर भुपेन्द्र ऐरीले जानकारी दिए । अनुगमन समितिका संयोजक तीला बुढामगरको संयोजकत्वमा रहेको अनुगमन समितिले कपुरकोट–६ मा निर्माण गरिएका जलवाङ– घोयलडाँडा–सिस्नेखोला मोटरबाटो निर्माण योजना, काफलबोट– डाँडागाउँ मोटरबाटो मर्मत योजना, भिङ्गारे–धाराबोट–सातामुल मोटरबाटो निर्माण योजना र रीम–छायाँनाथ मोटरबाटो मर्मत योजनाको अनुगमन गरेको थियो । यी …

पुरा पढ्नुहॊस »

ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, पाँचजना घाइते

मकवानपुर ।  धरान चतरा सडक अन्तर्गत मकवानपुरको वागमती गाउँपालिका – ४ पाँचपाण्डवमा शनिबार राति ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । पाँचजना घाइते भएका छन् । दुईजनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धीराज गुरुङले बताउनुभयो । झुरझुरेबाट सिन्धुलीतर्फ जाँदै गरेको सिमेन्ट र रड लोड गरेको ना ६ त ४४२ नम्बरको ट्रयाक्टर अनियन्त्रत भई सडकको दाहिनेतर्फ पल्टिँदा ट्रयाक्टरमा भएका ७ जना मध्ये दुईजनाको ज्यान गएको एसपी …

पुरा पढ्नुहॊस »

सडकमा टिपर आतंक, नजिकै आउँदा भाग्नुपर्ने बाध्यता

काठमाडौं । काठमाडौं उपत्यकावासीमा टिपर त्रास बढेको छ । यहाँ हिँड्डुल र यात्रा गर्ने अधिकांश नागरिक जुनसुुकै समयमा पनि टिपरका कारण मृत्युको मुखमा पर्न सक्नेमा भयभित छन् । उपत्यका मात्रै होइन, देशभर टिपरको दादागिरीले सर्वसाधारण आतंकित छन् । पैदल यात्रु, मोटरसाइकल चालक वा गाडी चालक जोसुकै पनि नजिकैबाट टिपर हुइँकिएर आउँदा लामो सास फेर्न विवश छन् । अनियन्त्रित गति र लापर्बाहीका कारण टिपरको ठक्करले मानिसको मृत्यु हुने क्रम बढे पनि …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकाका खानेपानीमा आउन थाल्यो ढल

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले राजधानीमा वितरण गर्दै आएको खानेपानीमा ढल आउन थालेको छ । उपभोक्ताका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) को चरम लापर्बाहीका कारण खानेपानीमा ढल आउने थालेको हो । खानेपानी लिमिटेले उपत्यकामा दैनिक १३ करोड लिटर पानी वितरण गर्दै आइरहेको छ । केयूकेएलले आपूर्ति गर्दै आइरहेको मैतिदेवी, घट्टकुलो, सामाखुशी, गंगबु, माछापोखरी, नयाँबजार, महाराजगन्ज, बसुन्धरालगायतका अधिकांश ठाउँमा खानेपानीमा ढल मिसिएर आउन थालेको ती क्षेत्रका बासिन्दाले दुखेसो गरेका छन् …

पुरा पढ्नुहॊस »

नाग्म गमगढी राजमार्ग बन्द, डोजरले हिउँ पन्छाउँदा पनि खुलेन सडक

खलङ्गा । यस वर्ष परेको तेस्रो पटकको हिमपातले जुम्लादेखि मुगुको गमगढीसम्म जाने सडक एक सातादेखि अवरुद्ध भएको छ । सडकमै बाक्लो हिउँ थुप्रिएका कारण सडक अवरुद्ध छ । यातायात चल्न सकेको छैन । सडक डिभिजन कार्यालयले डोजरको प्रयोग गरी हिउँ पन्छाउँदै छ । सडक डिभिजन कार्यालय जुम्लाले चार दिनदेखि बाटो खुलाउन डोजर प्रयोग गरेको इन्जिनियर श्रवणकुमार महताराले जानकारी दिए । उनका अनुसार बाक्लो हिमपात भएपछि सडक बन्द भएकाले खुलाउन डोजर …

पुरा पढ्नुहॊस »