आमसंचारकर्मीहरुको लागि तीनदिने भिडियो स्टोरीटेलिंग वर्कसप सम्पन्न

काठमाडाैं । भिडियो बनाउने तालिम नेपालको भिडियो पत्रकारिताको क्षेत्रमा अग्रणी संस्था मानिने वल्र्डभ्यु नेपालले आमसंचारकर्मीहरुको लागि तीनदिने भिडियो स्टोरीटेलिंग वर्कसप हालै सम्पन्न गरेको छ ।

कार्यशालामा सहभागी संचारकर्मीहरुले मोवाईल फोनको प्रयोग गरेर छोटो भिडियो तयार गर्ने सीप सिक्नुको साथै कार्यशालाको अन्त्यमा सबै सहभागीहरुले छोटा भिडियोहरु निर्माण गरेका थिए ।

कार्यशालाको अन्तिम दिन सहभागीहरुले समसामयिक विषयमा तयार गरेका छोटा भिडियोहरुको प्रदर्शन गरिएको थियो । कार्यक्रमको अन्त्यमा बोल्दै वल्र्डभ्यु नेपालका अध्यक्ष भारतदत्त कोईरालाले संचारमाध्यमको प्रयोगको परम्परागत स्रोतमा परिवर्तन आएको बताउँदै त्यस अनुसार संचारकर्मीहरुले सामग्री संप्रेषण गर्नुपर्ने चुनौती आएको र यसै सन्दर्भमा वल्र्डभ्युले श्रव्य–दृष्य तालिम कार्यक्रम आयोजना गरेको बताए ।

मोबाईल फोनको प्रयोग गरेर सहभागीहरुले निर्माण गरेका भिडियोहरु स्तरीय भएको र यस्तो तालिमलाई देशका अरु क्षेत्रहरुमा पनि बिस्तार गर्दै लैजाने कोईरालाले बताए ।

कार्यशालाका प्रशिक्षक संचारकर्मी तथा फिल्म निर्देशक रमेश खड्काले हाते क्यामेरा र मोबाईल फोनको माध्यमबाट पनि स्तरीय भिडियोहरु बनाउन सकिने बताए ।

कार्यशालामा उनले भिडियो स्टोरीटेलिंगका आवश्यक सीप,ज्ञान र प्रविधिको जानकारी दिनुको साथै भिडियो निर्माणको अभ्यास गराएका  थिए ।

अभ्यासका दौरानमा सहभागीहरुले आफ्नो स्टोरीको विषय छान्ने, छायांकन गर्ने र सम्पादनको कार्य कार्यशालाको दौरानमा नै गरेका थिए । सहभागीहरुले तयार गरेका भिडियोहरुबाट आफु उत्साहित भएको र नेपालको सन्दर्भमा अनलाईन मिडियाहरुले भिडियोका विषयवस्तु समावेश गर्ने सरल तरिकाहरुको बारेमा पनि उनले जानकारी गराए  ।

कार्यक्रमको पहिलो दिन संचारकर्मी रजनिश भण्डारीले मोबाईल फोनबाट मात्रै पनि कसरी भिडियो बनाउन सकिन्छ भन्ने कुराको जानकारी दिए।

सहभागी अधिकांश संचारकर्मीहरुले तालिमले आफुलाई प्रविधिसँग नजिक बनाएको र भिडियोको सैद्धान्तिक र व्यवहारिक अभ्यासले भविष्यमा काम गने आत्मविश्वास बढेको बताए ।

कार्यशालामा काठमाडौ,ललितपुर,भक्तपुर,कपिबस्तु,सिरहा,इलाम,खोटाङ,गुल्मी,डँडेल्धुरा,काभ्रेपलाञ्चोक,,स्याङजा र भोजपुरबाट अनलाईन,टेलिभिजन र अन्य संचारमाध्यममा काम गरिरहेका संचारकर्मीहरु सहभागी थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बडिगाड पहिरोमा तीन घाइतेलाई हेलिकप्टरमार्फत् काठमाडौं पुर्‍याइयो

काठमाडौं । बागलुङको बडिगाडमा गएर पहिरोमा परी गम्भीर घाइउते भएका तीन जनालाई काठमाडौं ल्याइएको छ …

प्रतिकृया दिनुहॊस