सत्ता पक्षले बलजफ्ती ढंगले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नसच्याएसम्म आफ्नो पार्टीले संसद चल्न नदिने निर्णय लिएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए। उनले सत्तापक्ष र सभामुखले नागरिक स्वास्थ्यजस्तो गम्भिर विषय समावेश गरिएको सो विधेयक जबरजस्ती पारित गरेकाले त्यसप्रति आफूहरुको असहमति रहेको स्पष्ट पारे। प्रमुख सचेतक खाँडले सो विधेयक राष्ट्रिय सभाबाट सच्याउन पनि सरकारलाई सचेत गराए। सो विधेयकमा गम्भिर राष्ट्रिय बहसको आवश्यकता रहेको प्रमुख सचेतक खाँडको तर्क छ।
डा. गोविन्द केसीको कतिपय माग विपरित सत्ता पक्षले सो विधेयक प्रतिनिधिसभाबाट पारित गरेकाले पनि आफूहरुले त्यसको विरोध गर्नु परेको कांग्रेसको भनाई छ। आजबाट प्रतिनिधिसभालाई सुचारु गराउन सभामुख महराले गरेको आग्रहलाई कांग्रेसले अस्विकार गरेको प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिइन्।
प्रतिकृया दिनुहॊस