डेनमार्कका विश्व भ्रमण यात्री थोर नेपालमा

काठमाडौं । डेनमार्कका सी पेडरर्सन थोर विश्वयात्राका क्रममा मंगलबार नेपाल आइपुगेका छन् । उनको नेपाल १ सय ७९ औ भ्रमण मुलुक हो । कुनैपनि उडान नगरी स्थल र जलमार्गको प्रयोगबाट विश्व भ्रमण सकी नयाँ इतिहास बनाउने क्रममा उनी नेपाल आएका हुन् ।

डेनिस रेडक्रसको सद्भावना दुतको रुपमा नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा कुराकानी गर्दै उनले भने, ‘विश्वमा मानिस र मानवताको खास अर्थ फैलाउने मेरो उद्देश्य छ । विश्वको जुनसुकै कुनामा सुरक्षा, शिक्षा, आवास, भोजनलगायतको समस्या छ र आम रुपले मानिसहरुमा समानता मैले देखेको छु ।’

नेपाल भ्रमणको क्रममा उनले विश्व सम्पदा सूचीमा रहेका दरबार क्षेत्रहरुको अवलोकन गर्नुका साथै नेपाल रेडक्रसले सञ्चालन गरेको हटलाईन -११३० कल सेन्टर तथा विपद् व्यवस्थापन आपत्कालीन केन्द्रको पनि निरिक्षण गरे । साथै, नेपालमा डेनिस रेडक्रसले सञ्चालन गरेका कार्यक्रमको अवलोकन गरेको नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी गराए ।

मंगलबार नै उनले राष्ट्रिय रक्त सञ्चार सेवा केन्द्र बालकुमारीमा गई रक्तदान समेत गरे । “मानिसहरुको नशामा उस्तै प्रकारको रगत बगिरहेको छ र खुशी तथा सन्तुष्टि पाउने एउटा राम्रो तरीका रक्तदान  हो ।” थोरले बताए ।

थोरले २ लाख ४३ हजार किलोमिटर पार गरिसकेका छन् । सन् २०१३ बाट सुरुभएको यो अनवरत यात्राको क्रममा संसारका २०० वढी मुलुकको भ्रमण नसकी घर नफर्किने उनको योजना रहेको छ । सन् २०२० मा उनको भ्रमण सकिने अनुमान छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस